२९ मंसिर २०८२, सोमबार
,
Latest
च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई पन्छाउँदै आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । इङ्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनी क्लब रियल मड्रीडलाई २-१ ले हराउँदै समग्रमा ५-१ को नतिजासहित आर्सनलले सेमिफाइनलको टिकट काटेको हो ।

रियलको घरेलु मैदान सान्टीयागो बर्नबेउमा खेलको १३ औं मिनेटमा नै आर्सनलले अग्रता बनाउने अवसर गुमायो ।

बुकायो साकाले पेनाल्टीमा गोल गर्न चुक्दा आर्सनलले अग्रता लिने अवसर गुमाएको हो । तर दोस्रो हाफमा ६५ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको दुई मिनेटमा नै रियलले बराबरी गोल फर्कायो ।

आर्सनलका डिफेन्डर विलियम सलिबाले गरेको गल्तीको फाइदा उठाउँदै भिनीसियस जुनियरले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याए ।

यता थप समयमा गाब्रीयल मार्टीनेलीले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाउँदा आर्सनल एग्रीगेटमा ५-१ को नतिजासहित सेमिफाइनल पुग्यो ।

अब आर्सनलले सेमिफाइनलमा पिएसजीको सामना गर्नेछ ।

यसैबीच क्वाटरफाइनलकै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग २-२ को बराबरी खेल्दै समग्रमा ४-३ को नतिजासहित इटालियन क्लब इन्टर मिलान पनि सेमिफाइनलमा प्रवेश गर्यो ।

उसले सेमिफाइनलमा बार्सिलोनाको सामना गर्नेछ ।