२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भारतीय पर्यटकलाई सीमापार आगमन सहज बनाउने प्रयास-नेपाल पर्यटन बोर्ड

भारतीय पर्यटकलाई सीमापार आगमन सहज बनाउने प्रयास-नेपाल पर्यटन बोर्ड
अ अ+ अ-

काठमाडौँ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरुका लागि सीमापार आवागमन सहज बनाउने प्रयास गरिरहको जनाएको छ

नयाँदिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरणः धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन’ शीर्षकको सत्रमा मङ्गलबार सम्पन्न कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भारतीय पर्यटकको आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभएको थियो ।

वरिष्ठ निर्देशक ऐरले भन्नुभयो, “हामीले भारतीय पर्यटकको आवागमन सहजता बनाउने प्रयास गरिरहेका छौँ ।” यसका साथै धार्मिक तथा साहसिक पर्यटनलाई समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका कामहरु भइरहेको उहाँले जानकारी दिनुभयो ।

भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमा पार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा बोर्डकातर्फबाट वरिष्ठ निर्देशक ऐयर र वरिष्ठ अधिकृत सागर उपाध्यायले प्रतिनिधित्व गर्नुभएको थियो ।

नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले वर्षको अन्तिम साता एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज र नयाँदिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन भारतका संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत, नेपालका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र भारतका लागि नेपालका राजदूत डा शङ्कर प्रसाद शर्माले संयुक्त रूपमा गर्नुभएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा नेपाल–भारत सम्बन्ध, व्यापार सहकार्य तथा पर्यटनको भविष्यसम्बन्धी विविध समसामयिक विषयमा बहस तथा गोष्ठीहरू आयोजना गरिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल पर्यटन बोर्डको प्रदर्शनी कक्ष (पवेलियन) ले नेपाली संस्कृति, प्रकृति, साहसिक यात्रा, अध्यात्मिक तथा वेलनेस पर्यटनजस्ता विषयवस्तुहरू प्रस्तुत गरेको थियो । स्टलमार्फत विभिन्न प्रचार सामग्री, जानकारीमूलक पुस्तिका तथा नेपाली पहिचान झल्काउने सामग्रीहरू वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली परिकारहरूको प्रदर्शनीले भारतका आगन्तुकलाई नेपालको स्वाद चाख्ने अवसर प्रदान गरेको थियो । साथै, नेपाली हस्तकला र स्थानीय उत्पादनहरूको प्रदर्शनीले नेपालको समृद्ध हस्तकला परम्परा उजागर गरेको बताइएको छ । रासस