६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ नयाँ भर्सनमा



अ+ अ-

काठमाडौं । ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ले नयाँ भर्सनमा सार्वजनिक भएको छ ।

यसअघि यो गीत फिल्म ‘दैव संजोग’मा समेटिएको सो गीत प्रदर्शन तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’मा समेटिएको छ ।

बुधबार काठमाडौमा अआयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । गीतमा शम्भुजीत बासकोटाको स्वर, शब्द र संगीत छ भने नयाँ पुस्ताका गायीका रचना रिमालले साथ दिएकी छिन् । पुरानो भर्सनमा शम्भुजीत र देविका बन्दनाको स्वर रहेको थियो । गीत सुन्दा धेरै दर्शकले पुराना यादलाई ताजा महसुस गर्ने श्रष्टा बासकोटाले जानकारी दिनुभयो ।

नयाँ गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का गीतमा प्रस्तुत छन् ।

दीवाकर भट्टराईको लेखन र निर्देशनमा तयार भएको फिल्ममा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, अमित गिरीको पनि अभिनय छ । ‘नरसिंहा अवतार’ ९ जेठदेखि प्रदर्शन तयारीमा छ ।