१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सहकारीलाई एटिएम कार्ड, यसले कसरी काम गर्छ ? अन्तर्वार्ता

सहकारीलाई एटिएम कार्ड, यसले कसरी काम गर्छ ? अन्तर्वार्ता
अ अ+ अ-

काठमाडौ ।  केही समय अगाडि सनराइज बैंकले एकप्रकारको भिजा कार्ड प्रयोगमा ल्यायो । बाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरे जस्तै प्रयोग गर्न सक्ने गरी  विभिन्न सहकारी संस्थाका सदस्यहरुले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ ।  सहकारीका सदस्यहरुले यसरी कार्ड प्रयोग गरेर आर्थिक कारोबार गर्ने काम दक्षिण एशियामा नै पहिलो हो । सुरक्षा र प्रविधिको हिसावले मजबुत मानिएको यो कार्डको प्रयोगले प्रयोगकर्ताको आर्थिक कारोबार पारदर्शी हुनुको साथै नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई सहयोग गर्नेछ ।

सहकारीका सदस्यहरुले पनि नगदरहीत कारोबार गर्न पाउनु आफैँमा ठूलो उपलब्धि रहेको मान्नुपर्छ ।  यसै सन्दर्भमा नेपालमा यस प्रकारको कार्ड प्रयोगमा ल्याउने सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग न्यूज एजेन्सी नेपालले सम्वाद गरेको छ । सम्वादमा प्रमुख कार्यकारी अधिकृत शर्माले सहकारीलाई पनि बैंकिङ प्रणालीमा ल्याउन सक्नु भनेको देशभर  रहेका ८० लाख बढी सदस्य बिस्तारै लाभान्वित हुने सम्भावना बढेको बताउनु भयो।

विश्वमा विकसित प्रविधिसँग नेपाल पछि छैन भन्ने सन्देश पनि प्रवाह भएको बताउनु भयो। यस प्रकारको कार्ड सेवा–सुविधा लिने सदस्य ग्राहकले बाणिज्य बैंकले दिने सबै सेवा सुविधा प्रयोग गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनु भयो। प्रश्तुत छ सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग गरिएको कुराकानी ।

प्रश्नः सनराइज बैंकले केही दिनअघि सहकारीका सदस्यहरुले पनि एटिएम कार्ड जस्तै कार्ड प्रयोग गर्न सक्ने भन्ने समाचारहरुमा आयो, यो कस्तो कार्ड हो ?

उत्तरः सनराइज बैंकले सहकारीको लागि जुन डिजिटल कार्ड ल्याएका छौँ , त्यसलाई भिजाको ब्राण्डिङ कार्ड भन्ने गरेका छौं । जुन कोब्राण्डिङ भनेको एउटा मात्रै संस्था होइन । मल्टिपल संस्थाहरु मिलेर ब्राण्ड बनाएर गर्ने कार्ड हो । यसमा सहकारी संस्था,सनराइज बैंक र भिजा तीन वटैको लोगो भएको कार्ड अर्थात् सनराइज बैंकको कार्ड तर सहकारीका ग्राहकहरुले खाताबाटै डेविट भएर चल्ने गरी बनाएको कार्ड हो । धेरै समय यसमा काम गरेर अगाडि बढाएका हौं । यो कार्ड भिजाको अनुसारले दक्षिण एशियामा नै पहिलो शुरुवात हो । जसले गर्दा सहकारीका ग्राहकहरुले सनराइज बैंकको कार्ड प्रयोग गर्नेछन् । ग्राहकले सहकारीको खाताबाट पैसा निकाल्न तथा सपिङ (किनमेल)को रकम भुक्तानीमा प्रयोग गर्न सक्ने छन्। सहकारीका ग्राहकहरुले कुनै पनि इकमर्श (अनलाइन कारोवार) का पोर्टलमा गएर अनलाइन भुक्तानी गर्दा सनराइजका ग्राहकले पाउने सुविधा सरह सहकारीका ग्राहकले समेत पाउने किसिमको डिजिटल कार्ड हो ।

प्रश्नः यो कार्ड सहकारीका सदस्यहरुले कसरि प्रयोग गर्न सक्दछन् ?

उत्तरः जस्तो अब सनराइज बैंकको कार्ड होल्डरले सम्पूर्ण कामहरु कार्डको लागि सम्झौता गरेका सहकारीका ग्राहकले गर्न सक्छन् । जस्तो सनराइज बैंकको एटिएमबाट पैसा निकाल्न सक्नेछन् । सनराइज बैंकका एटिएम सञ्जाल छन् । जसमा १५० भन्दा बढी एटिएम रहेका छन् । त्यसबाट र २७ वटै कमर्सियल बैंक र विकास बैंकहरुले पनि राखेका एटिएम मेसिनहरु रहेका छन्। ती कुनै पनि संस्थाका एटिएमबाट पैसा झिक्न पाउनु हुनेछ । त्यस्तै, विभिन्न स्थानमा सपिङ (किनमेल) गर्दा पस मेसिन अर्थात् ‘पइन्ट अफ सेल मेसिन’ भनिन्छ ।  विभिन्न बैंकहरुले राखिएका एटिएम मेसिनहरु छन् त्यसबाट सामान किनेको रकम भुक्तानी गर्न सक्नुहुनेछ । अनलाइनबाट पनि कुनै पनि सामान खरिद गरेमा,बस तथा हवाइ टिकट काट्नु परेमा लगायत अनलाइटबाट गर्ने सबै कामको रकम भुक्तनीको लागि यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । कुनै पनि कमर्सियल बैंकले ल्याएको एटिएम कार्डको इकुभ्यालेन्ट हो । त्यस्तो खालको कार्ड सहकारीका ग्राहकले प्रयोग गर्न सक्नुहुन्छ ।

प्रश्नः यो कार्डको सुरक्षा र प्रविधि कस्तो छ?

उत्तरः  यो कार्डसँग सम्बन्धित अन्तर्राष्ट्रिय रुपमा जति पनि सुरक्षाका फिचरहरु रहेका छन् ती सबै सुरक्षाका फिचरहरु यो कोब्राण्डिङ कार्डमा पनि रहेका छन्।  अहिले सहकारी संस्थाका ग्राहकहरुले पाउने कार्डमा पनि त्यही सुरक्षा रहेको छ । जसमा अन्तर्राष्ट्रिय रुपमा नै चिप बेस्टकार्ड भन्ने भनिन्छ । इएमबी कम्पाइन चिप बेस्टकार्ड त्यही कार्ड नै सहकारीका ग्राहकले पाउनु हुन्छ । जसले गर्दा धेरै सुरक्षित रहेको हुन्छ । अहिले ग्राहकले पहिलो कार्ड प्रयोग गर्दा ग्रिन पिन नम्बर पाउनु हुनेछ । ग्रिन पिन नम्बर भन्नाले पहिला पहिलो बैंकहरुले पेपरमा पिन नम्बर दिने गरिन्थो भने अब मोवाइलमा नै पिन नम्बर पाउनुहुन्छ। कार्ड कुनै पनि एटिएम मेसिनमा राखेर एक्टिभेट गर्दा खेरी ग्राहकलाई मोवाइलमा म्यासेज आउँछ । त्यो नम्बर उहाँहरुले एटिएम मेसिनमा राखेपछि ग्राहकको पासवर्ड हुन्छ । ग्राहकले पासवड परिर्वतन गर्न सक्नुहुन्छ।  त्यसरी पनि सुरक्षित रहेको हुन्छ। ग्राहकहरुले अनलाइन पोटलबाट कारोबार गर्दा ग्राहकको मोवाइल नम्बरमा म्यासेज आउँछ । हरेक पटकको कारोबारमा मोवाइलमा म्यासेज आउँछ । म्याजेस आएपछि मात्रै म्यासेजमा आएको नम्बर राखेपछि मात्रै कारोबार रकम भुक्तानी गर्न सक्नुहुन्छ । यसरी हेर्दा हरेक हिसावले यो कार्ड सुरक्षित रहेको छ । कसैको कार्ड हरायो, पिन नम्बर र मोवाइल समेत पायो भने मात्रै असुरक्षित हुनेहुन्छ । अन्यथा अरु कुनै हिसावले असुरक्षित छैन ।

प्रश्नः यो कार्डको प्रयोगले आर्थिक कारोबार र व्यवहारमा कस्तो परिवर्तन देख्न सकिन्छ ?

उत्तरः यो कार्डको प्रयोगसँगै सबै भन्दा पहिला सहकारी तथा बैंक वित्तीय संस्थामा पारदर्शी बनाउने काम गर्र्दछ । डिजिटल माध्यमबाट पैसाको कारोबार गर्दा परदर्शी हुन्छ । ग्राहकलाई पनि आफ्नो खाताबाट कारोबार गर्दा के–के मा आफूले कारोबार गरे भन्ने कुरा थाहा पाउन सक्छन् । ग्राहकले जसलाई भुक्तानी गरेको छ उसले पनि कहाँबाट पैसा आयो भन्ने कुरा देखिन्छ । त्यसले गर्दा वित्तीय पारदर्शीमा महत्वपूर्ण भूमिका खेल्छ । हाम्रो जस्तो अल्पविकसित देश जसमा पैसाको जहिले पनि अनियमिताता हुन्छ र नोट पनि  विदेशबाट मात्रै छापेर सबै सुरक्षा राखेर ल्याउन सक्नुपर्छ । नगद पैसा बजारमा बिस्तार गर्दा देशले पनि धेरै खर्च गरिरहेको हुन्छ । यसले बजारमा नगद पैसा बजारमा कमि ल्याउँछ । नोटमा कमि ल्याउने पहिलो काम कार्डले मद्दत गर्छ ।

करिव ८३ लाख सहकारीका सदस्यहरुले कार्ड नै प्रयोग गर्नु भयो भने कारोबारको डिजिटल माध्यमबाट रकम प्रयोग हुन्छ । त्यसले गर्दा सबै क्षेत्रमा पारदर्शिता ल्याउने देखि सुरक्षा समेत हुन्छ । सहकारीका ग्राहकले कार्ड प्रयोग गर्दा सहकारीका ग्राहक समेत बढ्ने हुन्छन्। अहिले २७ वटा बैंकहरु रहेका छन्। २७ बैंकका एक सय देखि तीन सय शाखाहरु रहेका छन्। जसमा बैंकहरुको आउटलेट छ त्यो भन्दा सहकारीको प्रयोग बढी रहेको छ।  ग्राहकहरुले पैसा झिक्नको लागि निश्चित समयमा मात्रै पैसा झिक्न पाउने हुन्छन कार्ड प्रयोग गर्दा यस्तो स्थिति पनि हँुदैन । बैंकहरु नपुगेको स्थानमा सहकारीको उपस्थिति रहेको छ । त्यस्तो ठाँउमा पनि ग्राहकहरुले पैसा राख्दा जतिबेला सुकै पैसा झिक्न सक्छन्। सहकारीलाई पनि कार्ड प्रयोगमा ल्याउनको लागि ट्रान्सफोरेन्सी व्यवस्थापन गर्नु पर्छ । डिजिटल सवफ्टवेयरमा डाटाहरु राख्नुपर्छ ।

प्रश्नः यस प्रकारको कार्ड प्रयोग गर्नेले अतिरिक्त शुल्क पनि बुझाउनु पर्छ, प्रविधिमा पनि खर्च गर्नु पर्छ ?

उत्तरः बढी खर्च हुन्छ भन्ने कुरामा सनराइज बैंकका ग्राहकलाई एटिएमकार्ड दिँदा जति खर्च हुन्छ । सहकारीका ग्राहकलाई कार्ड दिँदा पनि त्यति नै खर्च हुन्छ । बैंकले सहकारीका ग्राहकलाई अन्य शुल्क पनि लिदैनौं । नरमल जुन शुल्क हो त्यही नै हुन्छ । अहिले बैंकहरु यति ठूलो भइसकेकी आफैँले स्विच राख्ने क्षमता राख्छन्। स्विच मात्रै राखेर भएन । त्यसको एडमिन स्टे«सन त्यसको सुरक्षाको व्यवस्थाहरु पनि गर्न सक्नुप¥यो । नत्र पहिला भएको  स्विच नै ह्वाक भएको थियो । त्यसैले बैंकलाई पूरा ठूलो सेटअफ चाहिन्छ। अब धेरै बैंकहरु मिलेर स्विच स्थापना गरेका छन्। लागत शेयरिङ बेसिसमा हुन्छ। अहिले केही बैंकले एक्लै गर्छौं भनेर गर्नुभएको छ । सबै लागत आफैँले लिनुभएको छ । धेरै बैंकहरुले शाझा सुइज रहेको छ । जसमा सहकारीहरुले पनि यो सुविधा लिनको लागि नेप्ससँग जोडिएको हुन्छ । उहाँहरुले त्यसको लागि मिलेर खर्च गर्नुभएको छ । त्यति ठूलो लागत पनि लागि नसकेको अवस्था छ ।

जसले गर्दा ग्राहकहरुले पाउने कार्डमा अन्य लागत जोडिन्छ की भन्ने छोइन । यसको लागि सरकारले वित्तीय पहँुच, डिजिटल बैंकिङबाट गर्ने कारोबार र सहकारी मौद्रिक नीतिमा पनि लेखिएको छ । सहकारीहरुलाई पनि वित्तीय कारोबारमा डिजिटल बनाउने कुरा लेखिएको छ । त्यही सोच तथा पहिले देखिको अवधारणा भएकाले सनराइज बैंकले यसमा प्राथमिकता दिएर केही गर्न सकिन्छ की भनेर अध्ययन गर्दा अगाडि आएको कुरा हो । यो तत्कालै भएको कुरा होइन धेरै समयको तयारी गरेर आएको हो ।अब यसको सहकारीका सदस्यहरुले कतिको प्रयोग  गर्नुहुन्छ ।

उहाँहरुले जति प्रयोग बढाउँदै जानुभयो त्यति नै डिजिटलहरु कारोबार बढ्ने विश्वास रहेको छ। यही अवधारणा अनुसार बैंक अगाडि बढेको छ । जुन दक्षिण एसियामा नै पहिलो पटक नेपालमा ल्याइएको छ। पछिल्लो समय नेपालमा क्यूआर कोड मार्फत कारोबार गर्ने भने पश्चात् हाम्रो पैसा हाम्रै देशमा रहोस् भन्ने अवधारणा अनुसार सबै बैंकहरुले शुरुवात गरेका छन् । यसमा सनराइज बैंक पनि लागि परेको छ । डिजिटल कारोबार बढाउनको लागि नेटवर्क बनाउने काम गर्दै आएको छ । सहकारीमा पनि क्यूआर काड राख्नु पर्छ भन्ने सुझाव आएको छ । यसलाई पनि बैंकले सोच बनाएको छ । डिजिटल बैंकिङ कारोबारको लागि सनराइज बैंकले महत्वपूर्ण योगदान पु¥याएको छ ।

सहकारीमा रहेका समस्याहरुमा उहाँले आफ्नो संस्थाको पूरै तथ्याङ्कहरु सिस्टममा राख्नु प¥यो । सहकारी सिस्टमबाट चलाउनु प¥यो । सिस्टममा चल्ने सहकारीहरुले यस्तो किसिमको काम गर्नु सक्नुहुन्छ । यो कार्ड लागू हुँदा सहकारीमा खाता भएका ग्राहकले एटिएमबाट पैसा झिक्ने बित्तिकै सहकारीको खाताबाट पैसा काटिन्छ । त्यो किसिमको सहकारी संस्था हुनुप¥यो । त्यस्तो खालको सहकारी संस्थाहरु बैंकसँग जोडिएका छन्। सहकारीको एशोसिएशनको माध्यमबाट यो कामहरु गरिरहको छौं । अहिले चार वटाबाट शुरु गरे पनि चालु आर्थिक वर्ष भित्र २४ वटामा गर्ने योजना बनाएका छौं। तर सहकारीहरु २४ वटा भन्दा धेरै रहेका छन् । सनराइज बैंकका सबै शाखाहरुले सहकार्य गरेर बैंकले यस्तो गर्नसक्छ भनेर सहकारीहरुको योजना भए बैंकले माग पूरा गर्ने तयारी गरेका छौं । सहकारीहरुबाट सकारात्मक कुरा आएका छन्।

प्रश्नः तपाईहरुले सुरु गरेको यो सेवाले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई कसरि सहयोग गर्छ ?

उत्तरः बैंकले बैंकिङ साक्षरताको काम निरन्तर रुपमा अगाडि बढाएको छ । राष्ट्र बैले पनि गर्नु भन्ने निर्देशन गर्नु भएको छ।त्यस्तै बैंकले सिएसआरमा गर्ने खर्च सामाजिक उत्तरदायित्वको काममा केही रकम खर्च गर्नु पर्छ भन्नुभएको छ ।  डिजिटल कारोबारको कुरा गर्दा स्थान र मान्छे हेरेर हुन्छ। कस्तो खालको शिक्षा चाहिन्छ भन्ने हेरेर हुन्छ । त्यस्तै खालको बैंकिङ शिक्षा दिनको लागि बैंकहरुले मिलेर डिजिटल कारोबारको विषयमा कार्यक्रमहरु गर्ने योजना बनाएको छ ।

शहरमा बसेका सहकारीका सदस्यहरुलाई कार्डको विषयमा शिक्षा दिनुपर्छ जस्तो लाग्दैन । उहाँहरु यो विषयमा धेरै जानकार हुनुहुन्छ। सहकारी भएका धेरै ठाउँहरुमा डिजिटल कारोबारको विषयमा थाहा नहुन सक्छ । उहाँहरुको लागि सुरक्षाको विषयमा जानकारी दिनुपर्छ । त्यसको लागि बैंक तयार रहेको छ। त्यही अनुसार योजना बनाइरहेको पनि छ ।