२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप एसिया छनोटः नेपालको लगातार तेस्रो जित



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा घरेलु टोलि नेपालले लगातार तेस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

नेपाललाई सहज जित दिलाउन ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रनको योगदान दिए ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा अलआउट भयो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले ४ विकेट लिए । यस्तै, विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट हात पारे ।

ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए । यस्तै, आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन जोडे ।