५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग विश्वप्रकाश शर्माका असहमतिका सात बुँदा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा विमति जनाएका छन् ।

महामन्त्री शर्माले सरकारसँगका आफ्ना असहमतिलाई सात बुँदामा सार्वजनिक गरेका छन् । बुधबार सामाजिक सञ्जालमा ‘सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ’ भन्दै महामन्त्री शर्माले असहमतिका सात बुँदा सार्वजनिक गरेका हुन् ।

महामन्त्री शर्माको पहिलो बुँदा सामाजिक सञ्जाल विधेयकसम्बन्धी रहेको छ ।

‘सामाजिक सञ्जाल विधेयक नियमनका नाममा नियन्त्रणको नियत साथ ल्याइयो । अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा यो विधेयक ल्याउनुपूर्व कुनै संवाद भएन ।’ उनले लेखेका छन् ।

त्यस्तै शिक्षक आन्दोलनलाई सम्बोधन गर्न भइरहेको ढिलाइप्रति पनि उनले असहमति प्रकट गरेका छन् ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरि पनि त्रिविमा बेथितिले प्रश्रय पाउनु जुनकुनै कोणबाट पनि गलत भएको शर्माको भनाइ छ ।

यस्ता छन् शर्माका असहमतिका सात बुँदाः