२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताउनुभएको छ ।

पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उहाँले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि चिकित्सालयलाई सङ्घीय सरकारबाट रु १३ करोड बजेट विनियोजन भएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश सरकारले पनि प्राकृतिक उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

स्थानीय तहमा चिकित्सालयले प्रमुख स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । छलफलअघि अध्यक्ष दाहाललगायत अभियान टोलीले उक्त चिकित्सालयको अवलोकन र नववर्षको शुभकामना आदानप्रदान गरेको थियो ।