२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब किंग्सलाई ठूलो झट्का, स्टार खेलाडी आइपीएल २०२५ बाट बाहिरिए



अ+ अ-

काठमाडौँ । आज पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेलअघि श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीका लागि नराम्रो खबर आएको छ ।

टोलीका तीव्र गतिका बलर लोकी फर्गुसन चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएका छन् । हैदराबाद विरुद्धको खेलमा उनलाई गम्भीर चोट लागेको थियो, त्यसपछि उनी मैदानबाट बाहिरिएका थिए ।

‘लकी फर्गुसन अनिश्चित कालका लागि मैदान बाहिर छन् र प्रतियोगिताको अन्त्यसम्ममा उनी फर्कने सम्भावना धेरै कम छ । मलाई लाग्छ उनी गम्भीर चोटबाट ग्रसित छन् ।’ पञ्जाब किंग्सका बलिङ प्रशिक्षक जेम्स होप्सले मुल्लानपुर रंगशालामा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्धको खेल अघि भने ।

सनराइजर्स हैदराबादविरुद्धको छैटौं ओभरको दोस्रो बलमा फर्गुसनको देब्रे खुट्टामा चोट लागेको थियो । फिजियो आए र उनीसँग परामर्श गरेपछि, उनी ओभरको बीचमा मैदानबाट बाहिरिए र फेरि फर्किएनन् । यो खेल हैदराबादले ८ विकेटले जित्यो ।

२०२५ को आईपीएलमा लोकी फर्गुसन
पञ्जाब किंग्सले लिलामीमा फर्ग्युसनलाई २ करोड रुपैयाँमा किनेको थियो । उनी आइपीएल इतिहासमा दोस्रो सबैभन्दा फास्ट बलर हुन्, जसले गुजरात टाइटन्सबाट खेल्दा १५७.३ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेका थिए । केही दिन अघि कप्तान श्रेयस अय्यरले पनि उनी टोलीको लागि एक महत्वपूर्ण बलर भएको बताएका थिए ।

आईपीएल २०२५ मा खेलेका ४ खेलमा उनले ६८ बल बलिङ गरेका छन्, जसमा उनले ९.१८ को इकोनोमीमा १०४ रन दिएका छन् । उनको नाममा ५ विकेट छन् । आईपीएलको कुरा गर्दा, उनले २०१७ देखि ४९ खेलमा ५१ विकेट लिएका छन्, उनको उत्कृष्ट स्पेल २८ रनमा ४ विकेट लिनु हो ।