१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’
अ अ+ अ-

काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा ज्योतिषशास्त्रीहरूको एक मत रहेको छ ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल र सामुदायिक विकास नेपालले यहाँ संयुक्त रूपमा आयोजना गरेको ‘ज्योतिषशास्त्रीय दृष्टिमा विसं २०८२ कस्तो रहला ?’ विषयक अन्तरक्रियामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले नयाँ वर्षमा शासक र जनताका बीचको वैमनस्यभाव नाश हुने ग्रहयोग रहेको बताउनुभयो । २०८२ साल चैतमा भने रौद्र नामको संवत्सर सुरू भई केही नकारात्मकता हुने देखिए पनि वर्ष समग्रमा शुभ फल प्राप्त हुने देखिएको बताउनुभयो ।

संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले चन्द्रार्क वर्ष परेको २०८२ सालको पहिलो दिनमा अग्निवास र शिववास पनि जुरेका कारण शुभ सङ्केत देखा पर्ने भनाइ राख्नुभयो । मेष राशिमा सूर्य र तुला राशिमा चन्द्रमा परेर समसप्तक एवं चन्द्रार्क वर्ष हुने यस्तो योग ७२ वर्षमा बन्ने गरेको पनि उहाँले सुनाउनुभयो । यस वर्षको असोज, कात्तिक, फागुन र चैत महिनामा केही नकारात्मक हुने ग्रहयोग देखा परे पनि अरू महिना ज्योतिष शास्त्रीय दृष्टिमा राम्रो रहेको बताउनुभयो ।

ज्योतिष एवं वास्तुशास्त्री शिवप्रसाद पोखरेलले ग्रहको उदय एवं अस्तले पनि शुभाशुभ फल निर्धारणमा फरक पार्ने गरेकाले यस्ता विषयमा ध्यानाकर्षण गराउनुभयो । नेपालमा नराम्रा घटनाको सङ्केत भीमेश्वरमा आउने पसिनाले पनि गर्ने भएकाले तत्काल शान्ति आदि विधिको प्रयोग गरिनुपर्ने बताउनुभयो ।

महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी श्रेष्ठले २०८१ सालमा कालयुक्त नामक संवत्सर परेर केही नकारात्मक घटना भए पनि २०८२ साल लागेसँगै सिद्धार्थी नामक संवत्सर सुरू भइसकेकाले सकारात्मक घटना नै बढी हुने देखिएको बताउनुभयो ।

विश्व ज्योतिष महासङ्घका उपाध्यक्ष चिन्तामणि पोखरेलले नयाँ वर्षमा मध्य पहाडामा राम्रो वर्षा भई उत्पादन बढ्ने बताउनुभयो । अन्य भागमा तुलनात्मक रूपमा कम वर्षा भई केही समस्या हुने उहाँले सुनाउनुभयो । धार्मिक अभियानकर्मी धर्मराज बरालले ज्योतिष र पञ्चाङ्ग क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आयोजक संस्था धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपालका अध्यक्ष पूर्णप्रसाद मिश्र, सामुदायिक विकास नेपालका अध्यक्ष मनिषा पोखरेल निरौलालगायतले सूर्य र चन्द्रमाको ग्रहण लाग्ने विषय गणित गरेर निकालिएजस्तै प्रामाणिक गणितबाट ज्योतिषी फलादेश हुने गरेकाले यस्तो विद्याको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । ग्रह गणितका आधारमा फलादेश गरिने ज्योतिष वैज्ञानिक विधा भए पनि जोखना हेर्ने शास्त्रका रूपमा मात्र यसलाई लिएकाले त्यस्ता भ्रम चिर्न कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।