४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङाः पर्यटनमन्त्री

पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङाः पर्यटनमन्त्री
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हने बताएका छन ।

पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकासबारेको छलफलमा मन्त्री भट्टराईले सांस्कृति पर्यटको वहुअआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन तथा उनीहरुको बसाई लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन  ।

मन्त्री भट्टराईले पद्यसंभव पदमार्गको विकासका लागि चालुआबको बजेटमा समावेश गरिएको जानकारी दिदैँ यसको लागि विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिएका छन ।

उनले नेपालको सांस्कृतिक पर्यटनको हिसावले पनि बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दावी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने बताए । 
उनले‘‘बुद्ध धर्मको प्रचार गर्ने प्रमुख गुरु आचार्य पद्यसंभवले नेपालका विभिन्न स्थलमा भ्रमण गरी विशेष गन्तब्य बनाएका थिए । यसलाई सांस्कृतिक पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सरोकारवालासँग छलफल गरी विस्तृत कार्ययोजना बनाउछौँ, नेपालको पर्यटन प्रवद्र्धनका लागि यो धेरै ठूलो परिकल्पना हो । यसले लाखौँ तिब्बतीयनलाई आकर्षण गर्नेछ ।’’
पुरातत्व विभाव, पर्यटन विकास, लुम्बिनी विकास कोषलगायत स्वतन्त्र व्यक्तिले गरेको अध्ययनलाई पनि एकतृत गरी सरोकारवालासँग थप छलफल गरी पदमार्गको विस्तृत कार्ययोजना अघि बढाइने उहाँको भनाई छ ।

तक्सिलामा जन्मिएक तान्त्रिक गुरु पद्यसंभव आठौँ सताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतीयन राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राडा रमेशकुमार ढुङ्गेलले पद्यसंभव पदमार्गले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन । 
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा जिक्डोल, बुद्धिष्ट सर्टिकका अभियानता विक्रम पाँडे काजीलगायतले पदमार्गको अवधारणालाई महत्वपूर्ण पर्यटकीय प्रडक्टको रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, फाउण्डेशनका अध्यक्ष डा सन्दुक रुइत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी लगायतको उपस्थिति थियो ।