२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध



file photo
अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प जरुरी रहेको बताउनुभयो ।