२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानन्यायधीश पराजुली सम्मानित



अ+ अ-

काठमाडौं । स्याङजाको फेदिखोला गाउँपालिका–४, आरुखर्कमा  रहेको जन आदर्श माध्यमिक विद्यालय, पूर्व विद्यार्थी मञ्चले पूर्व प्रधानन्याधीश गोपाल पराजुलीलाई सम्मान गरेको छ ।

नववर्ष २०८२ सालको शुभकामना आदान–प्रदान तथा पुनर्मिलन, सम्मान कार्यक्रम पराजुलीलाई  मणिमद्र महाराजले सम्मान गर्नुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्वप्रधानन्यायधीश पराजुलीले बर्तमान सबिधानले मौलिकता कुल्चेको उल्लेख गर्दे धर्म निरपेक्षता धर्म रुपान्तरणको माध्याम बनेको बताउनु भयो । धर्मका बिषयमा दलहरुले गरेको गल्ती सुधार गर्नुपर्ने सुझाब दिदै उहाँले भन्नुभयो ‘मौलिताका जोगाउन धर्म निरपेक्षता हटाउनुको बिकल्प छैन ।’ आन्दोलन र नागरिकले नमागेको धर्म निरपेक्षता सविधानमा राखिएको गुनासो गर्दे पराजुलीले नागरिकको भावनाको कदर गर्न सुझाब दिनुभयो ।

कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनका विषयमा पनि छलफल गरिएको थियो। साथै, नववर्षको शुभकामना आदान–प्रदान गर्दै भविष्यमा अझ सशक्त रूपमा विद्यालयको विकासमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, स्मृति आदान–प्रदान र भविष्य योजना निर्माणका विषयमा पनि छलफल भएको थियो।