९ श्रावण २०८३, शनिबार
,
Latest
गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप एसिया छनोटः नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता आज आइतबारदेखि सुरु हुँदैछ । घरेलु टोलि नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपालका कप्तान नरेन भट्टले लामो समयदेखि विश्वकपको तयारी गरिरहेकाले यसपटक पनि सुखद नतिजाको आशा गरेका छन् ।

उनले लामो समयदेखि तयारी गरिरहेको र केही अभ्यास खेलहरू पनि खेलेको उल्लेख गरे ।

यस क्रममा दिल्लीको टिम र अफगानिस्तानको यु–१९ टोलीसँगको अभ्यास खेलमा पनि राम्रो प्रदर्शन भएको उनको भनाइ थियो । त्यसैले पनि घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै छनोट हुने नेपाली टोलीको लक्ष्य छ ।

यस छनोट प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकप खेल्नेछ । नेपालले अघिल्लो संस्करणको छनोट विजेता बन्दै विश्वकप खेलेको थियो ।

खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा रहेका छन् ।