२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकालुमा लेक लागेर चिकित्सकको मृत्यु



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो ।

मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताउनुभयो । उहाँको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ । रासस