६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरुलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुस्तक लेख्दा भाषागत रुपमा पठनीय हुनुपर्ने बताउनु भयो ।

उहाँले आमनेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरु लेख्न सकिने बताउनु भयो । उहाँले पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभइ देशलाई माथि उकास्ने खान्दानी परिवारको रुपमा चिनिएको बताउनु भयो । उहाँले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तकमार्फत लेखक पाण्डेले प्रश्तुत गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साहित्य भन्ने कुरा जहाँसम्म मलाई लाग्छ मान्छेले जीवनमा जे भोगेको हुन्छ, मान्छेले जे अनुभुति गरेको हुन्छ । मान्छेले जे देखेको हुन्छ, जल्लाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ ।

उहाँले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरुको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिड्यो भुटेको मकै खायो, भटमास खायो । हाम्रो पिढीले त त्यही नै भोगेको हो । त्यो बेलाको उहाँले यो पुस्तकमा पुरा जीवन लेख्नुभएको छ । यो हेर्दा के देखिन्छ भने एउटा पाण्डे परिवार खान्दानीया बलियो, नेपाली समाजलाई, मुलुकलाई उकास्ने गोपाल असिम पाण्डे भनेपछि कस्ले नचिन्ने र रु गाउँ सेवा नै देशको सेवा हो भनेर आफ्नो अन्तरमनको भावनालाई प्रतुत गर्नुभएको छ ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरआत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताउनु भयो ।