१६ असार २०८३, मंगलवार
,
Latest
कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको आवश्यकता व्यवहार, सोच र योजना अद्यावधि गर्ने हो : उपप्रधानमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गर्नुभएको छ । 

मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताउनुभयो ।

अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर आगाडी बढ्नुपर्ने रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो । क्रिएटिभ ढंगले अगाडी बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन । क्रिएटिभ ढंगले जान अहिलेको आवश्यकता हो र यसै अनुसार अगाडी बढ्न आग्रह गर्दछु ।

अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना बेला बेला अपडेटेड गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरु आउटडेटेड हुन्छन् ।’’ हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगति हुन नसकेको बताउनुभयो । राष्ट्रिय गौरबका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उहाँले बताउनुभयो ।

आयोजनाहरुको काम अगाडी बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उहाँले बतानुभयो ।

शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष २०७७-०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रम सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष २०७७-०७८ मा नेपाली सेना अन्तरगत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरु सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।