२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ

नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण

नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
अ अ+ अ-

काठमाडौँ। साहित्यकारहरुले नेपाली भाषा र साहित्य क्षेत्रको विकासमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको २९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा वासुदेव त्रिपाठीले भन्नुभयो, “मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान लमजुङ र गण्डक क्षेत्रमा मात्र सीमित नभई देश र अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुँदै गएको छ, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जीवन्त राख्न यस प्रतिष्ठानको भूमिका सराहनीय छ ।”

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्वराजदूत एवं साहित्यकार प्रा डा जयराज आचार्यले मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले नेपाली साहित्य, सङ्गीत र कलाको विकासमा गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

प्रतिष्ठानका प्रमुख संरक्षक सोमकान्त शर्मा अधिकारीले प्रतिष्ठानले लमजुङ भित्रका स्रष्टालाई अझै समेट्न नसकेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जीवन्त राख्न प्रतिष्ठानको पहलमा लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित बाहुनडाँडामा राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्क निर्माण गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले लमजुङ क्षेत्रका साहित्कार, गीतकारको अथक प्रयासले संस्था अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । स्थापना दिवसका अवसरमा आज प्रतिष्ठानले साहित्यकारहरु मुक्तिनाथ शर्मा न्यौपाने, ध्रुवप्रसाद घिमिरे, कृष्णमुरारी शर्मा अधिकारी, तोयनाथ भट्ट, डा खेमराज आचार्य, रमेशचन्द्र अधिकारी र यामबहादुर दुरालाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतिष्ठानको मुखपत्र ‘मस्र्याङ्दी प्रवाह’ को तेस्रो अङ्क लोकार्पण गरिएको थियो । रासस