२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाल र भारतबीच सांस्कृतिक मात्र नभइ राजनीतिक रुपमा पनि गहिरो सम्बन्ध रहेको बताउनुभएको हो ।

नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले धार्मिक, सांस्कृतिक पक्षबाट नेपाल र भारतबीचको सम्बन्ध झनै प्रगाढ बनेको बताउनु भयो । उहाँले नेपाल र भारतमा सबैभन्दा हिन्दु धर्मावलम्वीहरु भएकाले पनि सम्बन्ध बिस्तार भएको र बुद्ध धर्मका कारण पनि नेपाल र भारतबीचको सम्बन्ध उचाईमा पुगेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हाम्रो छिमेकी मुलुक भारत खासगरी धार्मिक, सांस्कृतिक पक्षबाट मात्रै नभइकन, राजनीतिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध रहेको कुरा तपाईं हामी सबैले बुझेकै कुरा हो । अब नेपालको र भारतको खासगरेर मेजेरिटी हिन्दु नै भएको कारणले गर्दाखेरी हिन्दुहरुको मात्रै नभइकन बुद्धिजमको पनि गौतम बुद्ध लुम्बिनीमा जन्मिए । पछि गएर प्रवचन गर्दा ज्ञान प्राप्त गरिसकेपछि उहाँ गयादेखि सारनाथमा गएर प्रवचन गर्नुभएको कारणले बुद्धिजमको पनि नेपाल र भारतको धर्मको आधारमा हेर्ने हो भने हिन्दु र बुद्धिजमको पनि त्यत्तिकै म्हत्व रहेको छ । हाम्रो विवाहवारी पनि भारत र नेपालबीच हुने गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएको ।’

उपप्रधानमन्त्री सिंहले नेपाल र भारत बीचको सम्बन्ध बिस्तारका लागि बनारसले शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । राजनीतिक रुपमा पनि नेताहरु प्रजातान्त्रिक आन्दोलन लगायतमा भारतमा बस्ने गरेको बताउनु भयो ।