७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पती क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वमै नपाइने वनस्पतिहरु नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भूबनावटले आफ्नै पहिचान बनाएको बतउनु भयो । उहाँले नेपालमा रहेका वनस्पतीहरुको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्नसके देशको समृद्धिका लागि महत्वपूर्ण सावित हुने जिकिर गर्नुभयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘नेपाल विभिन्न प्रजातिहरु, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भूबनावट, नेपालको आफ्नै किसिमको पहिचान, भूबनावट, नेपाल अनेक प्रजातिका फूलहरु, वनस्पतिहरु रहेको देश नेपाल हो । यहाँ अध्ययन अनुसन्धान गरेर यसलाई थप व्यवस्थित र विकास गर्न यो विभागले महत्वपूर्ण योगदान गर्दै आएको छ । आफ्नो देशमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि अनुसन्धानका माध्यमबाट र आफ्ना खाजे र अनुसन्धानका माध्यमबाट चिनाउन सफल भएको छ । आगामी दिनमा पनि वनस्पति विभागले वनस्पतीसँग सम्बन्धित भएका धेरै कुरा अगाडि ल्याउन सफल हुनेछ ।’

मन्त्री ठकुरीले नेपालमा ३ सय भन्दा बढी वनस्पति श्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताउनु भयो ।