१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी

वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पती क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वमै नपाइने वनस्पतिहरु नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भूबनावटले आफ्नै पहिचान बनाएको बतउनु भयो । उहाँले नेपालमा रहेका वनस्पतीहरुको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्नसके देशको समृद्धिका लागि महत्वपूर्ण सावित हुने जिकिर गर्नुभयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘नेपाल विभिन्न प्रजातिहरु, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भूबनावट, नेपालको आफ्नै किसिमको पहिचान, भूबनावट, नेपाल अनेक प्रजातिका फूलहरु, वनस्पतिहरु रहेको देश नेपाल हो । यहाँ अध्ययन अनुसन्धान गरेर यसलाई थप व्यवस्थित र विकास गर्न यो विभागले महत्वपूर्ण योगदान गर्दै आएको छ । आफ्नो देशमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि अनुसन्धानका माध्यमबाट र आफ्ना खाजे र अनुसन्धानका माध्यमबाट चिनाउन सफल भएको छ । आगामी दिनमा पनि वनस्पति विभागले वनस्पतीसँग सम्बन्धित भएका धेरै कुरा अगाडि ल्याउन सफल हुनेछ ।’

मन्त्री ठकुरीले नेपालमा ३ सय भन्दा बढी वनस्पति श्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताउनु भयो ।