६ श्रावण २०८३, बुधबार
,
Latest
वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० आईमा दीपेन्द्रले बनाए नयाँ विश्व कीर्तिमान



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।

बिहीबार कुवेतविरुद्ध खेल्दै उनले बिना डक आउट अर्थात शुन्यमा आउट नभइकन धेरै इनिङ्स खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म शुन्यमा आउट भएका छैनन् । ७६ खेल खेलेका उनी ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गरेका छैनन् ।

यस्तै, यसको दोस्रो स्थनमा वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स रहेका छन् । उनी ६५ खेलमा डगआउट भएका छैनन् ।

आज भएको कुवेतविरुद्धको खेलमा दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपाललाई जिततर्फ दोहोर्‍याएका थिए ।

दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमानी बनाएका थिए । यस्तै, एक ओभरमा ६ छक्का हानेर पनि उनले रेकर्ड बनाएका थिए ।

 




भर्खरै