३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पहिलोपटक एक्सन सिनेमामा देखिँदै विपीन कार्की

पहिलोपटक एक्सन सिनेमामा देखिँदै विपीन कार्की
अ+ अ-

काठमाडौं । अभिनेता विपीन कार्की आफ्नो कम्फर्ट जोन छोडेर पहिलोपटक एक्सन सिनेमामा देखिँदैछन् । ‘कर्मा’मा उनी पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् ।

सोसल ड्रामामा काम गर्दै आएका विपीन पहिलोपटक एक्सनमा काम गर्न कसरी तयार भए ? निर्देशक सौरभ चौधरीको पहिलो अफरमै उनले एक्सन भूमिकामा काम गर्न विपीन तयार भएका थिए ।

नयाँ नयाँ स्टोरी र जनरमा काम गर्न रुचाउने विपीनले एक्सनमा काम गर्न सहजै तयार भएका थिए । ‘कर्मा’का लागि विपीनले तौल घटाउने, जिम जानेसम्मको काम गरेका थिए ।

निर्देशक सौरभ चौधरी नेपाली एक्सन सिनेमालाई लिएर फरक धारणा राख्छन् । उनी एक्सन सिनेमाको भाष्य नै बदल्न चाहन्छन् ।

नेपाली चलचित्रमा मुस्किलले तीनदेखि चारवटा एक्सन सिक्वेन्स हुने र त्यसैलाई चलचित्र भनेर भन्ने गरिएको उनी बताउँछन् ।

“कुनै चलचित्रमा एक्सन सिक्वेन्स छ । तर, समग्रमा त्यो चलचित्रलाई इमोसनले ड्राइभ गरेको छ भने त्यो चलचित्रलाई एक्सन भन्ने कि सोसल ड्रामा ?,” उनको प्रश्न छ । एक्सन सिनेमा भन्ने हो भने त्यसमा एक्सनको सिक्वेन्स पनि त्यहीअनुसार हुनुपर्नेमा उनको जोड छ ।

साढे दुई घण्टाको चलचित्रमा २० मिनेट फाइटको सिन भए त्यसलाई एक्सन सिनेमा भन्ने कि नभन्ने बहसको विषय भएको उनको तर्क छ ।

चैत २९ गते रिलिज हुने सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर र साउन्ड डिजाइन छ ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।