२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

उपकुलपति डा गिरीको पाँच वर्षे कार्यकाल : कर्मचारीको वृत्तिविकासदेखि सेवा स्तरोन्नति

उपकुलपति डा गिरीको पाँच वर्षे कार्यकाल : कर्मचारीको वृत्तिविकासदेखि सेवा स्तरोन्नति
अ अ+ अ-

काठमाडौँ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी पाँचवर्षे कार्यकाल पूरा गरी आजदेखि जिम्मेवारीबाट बिदा हुँदै हुनुहुन्छ ।

आफ्नो कार्यकालमा विभिन्न उतारचढावका बाबजुद प्रतिष्ठानमा सेवा स्तरोन्नति र सुदृढीकरण, लामो समयदेखि हुन नसकेको कर्मचारीको वृत्तिविकास र आर्थिक समस्यालाई हल गर्न सफल भएको उहाँले बताउनुभयो । उपकुलपतिका रुपमा डा गिरी २०७६ चैत २७ गते नियुक्त हुनुभएको थियो ।

नियुक्तिअघिदेखि नै प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगको नियमावली र त्यसअनुसार विभिन्न विधाहरुमा पढ्ने विदेशी विद्यार्थीको सङ्ख्यामा भारी कटौतीका कारण आर्थिक समस्या खेप्दै आइरहेको उल्लेख गर्दै उपकुलपति डा गिरीले लामो प्रयासका बाबजुद त्यसलाई समाधान गर्न सफल भएको बताउनुभयो ।

प्रतिष्ठानको मुख्य आयस्रोत नागरिकलाई उपचार दिएबापतको रकम नभई दक्ष जनशक्ति उत्पादन गरेबापतको शुल्क भएको उहाँको भनाइ छ । प्रतिष्ठानले आमनागरिकलाई दिइने उपचार सेवाबापतको शुल्क मुनाफा लिने उद्देश्यले भन्दा पनि सेवाको उद्देश्य लिएको उहाँले उल्लेख गर्नुभयो ।

रासससँग कुरा गर्दै उपकुलपति डा गिरीले नियुक्तिको समयमा कोभिड–१९ को महामारीले सामान्य सेवा समेत कैयौँ दिनसम्म बन्द गर्नुपरेकाले प्रतिष्ठान थप आर्थिक भारको मारमा परेको बताउनुभयो । “त्यस्तो परिस्थितिमा समेत सबैको प्रयासले कोभिड अस्पताल सञ्चालन गर्न सफल भयौँ”, उहाँले भन्नुभयो ।

उपकुलपति डा गिरी करिब १३ महिना आफ्नो कार्यभारबाट वञ्चित हुनुभएको थियो । न्यायालयको आदेशपछि १३ महिनापछि उहाँले २०८० फागुन १७ गतेदेखि पुनःआफ्नो पदभार ग्रहण गर्नुभएको थियो । दोस्रोपटक पदभार ग्रहण गरेपछि उहाँले लामो समयदेखि ठप्प भएका शिक्षक कर्मचारीको आन्तरिक बढुवा प्रक्रियालाई निष्कर्षमा पु¥याउनुभएको चियो । त्यसैगरी, आठ वर्षदेखि हुन नसकेको प्रतिष्ठानको दीक्षान्त समारोह पनि २०८१ कात्तिक २६ गते उहाँकै नेतृत्वमा आयोजना भएको थियो । आफ्नो कार्यकालमा ‘आइसियु’ बेड सङ्ख्या ३२ बाट ४२ थप गरी जम्मा ७४ बनाएको र ‘डायलासिस’ सेवाका लागि थप २० शैय्या सञ्चालनमा ल्याएको उपकुलपति डा गिरीले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा आपत्कालीन सेवा स्तरोन्नति गर्न थप ४० ‘जनरल’ शैय्या तथा आठ ‘आइसियु एचडियु’ शैय्या स्थापना गरिएको उहाँले बताउनुभयो ।

“पुराना थन्किएका उपकरणको मर्मतसम्भार गर्ने कार्यसँगै नयाँनयाँ उपकरण समेत खरिद गरी सेवालाई थप विस्तार एवं सुदृढ गर्न सफल भयौँ”, उपकुलपति डा गिरीेले भन्नुभयो ।

यसैगरी प्रतिष्ठानले एक विज्ञप्तिमार्फत डा गिरीको कार्यकालमा भए गरेका कामकारबाही बारेमा जानकारी गराउँदै नेपालकै दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २५६ स्लाइसको सिटीस्क्यान मेसिन खरिद गरी जडान गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपकुलपति डा गिरीकै कार्यकालमा २० हजार लिटरको लिक्विड अक्सिजन ट्याङ्क जडान भई हालसम्म सञ्चालनमा रहेको छ । प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीअन्तर्गतको ओरल मेडिसिन एण्ड रेडियोलोजी विभागमा लामो समयदेखि एक्स–रे मेसिन बिग्रिएर बन्न नसक्ने अवस्था भएपश्चात् २०८१ साउन २१ गते अत्याधुनिक नयाँ ‘ओपिजी एण्ड लेटरल केफ्लोग्राम मेसिन’ जडान गरिएको प्रतिष्ठानले जनाएको छ ।

उपकुलपति डा गिरीकै कार्यकालमा प्रतिष्ठानलाई प्रविधियुक्त बनाई पेपरलेस गर्ने उद्देश्यले आवश्यक पहलको थालनीदेखि लिएर प्रतिष्ठानलाई विपी कोइराला मेडिकल विश्वविद्यालयको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरको विभिन्न उत्कृष्ट केन्द्रहरुसँग द्विपक्षीय सम्झौता गर्ने प्रक्रियाअघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रवक्ता प्रा डा प्रधानका अनुसार उपकुलपति डा गिरीकै कार्यकालमा नेपाल सरकारको स्वास्थ्य नीतिअनुरुप प्रतिष्ठानले औषधि बिक्री वितरणका लागि छुट्टै भवन २०८१ माघ १० गते उद्घाटन भई फार्मेसी सेवा सञ्चालन गरिएको छ । सोही भवनबाट पूर्णरुपले क्यान्सर उपचारसम्बन्धी सेवा र जलेर आउने बिरामीको उपचार सेवा हाल आंशिकरुपले प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानका अनुसार उपकुलपति डा गिरीले जिम्मेवारी सम्हालेको सुरुका दिनदेखि नै निर्माण कार्य स्थगन गरिएको मातृ शिशु भवनको निर्माण कार्यको पुनः थालनी गरी हाल निर्माण कार्य लगभग सम्पन्न अवस्थामा पुगेको छ । यथाशीघ्र सो भवनबाट स्त्री तथा प्रसूति रोग विभागको बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने कार्ययोजना रहेको प्रतिष्ठानले जनाएको छ ।

देशभरका स्वास्थ्य संस्थाले त्यहाँ उपचार गराउन आउने बिरामीलाई सहज तथा गुणस्तरीय सेवा प्रदान गरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक वर्ष देशभरिका सबै स्वास्थ्य संस्थामा गई न्यूनतम सेवा मापदण्ड (एमएसएस) मापन गर्ने गरेको छ । उपकुलपति डा गिरीको कार्यकालमा प्रतिष्ठानको एमएसएस मापन ५३ बाट बढेर ७५ प्रतिशतसम्म पुगेको विज्ञप्तिमा उल्लेख छ ।रासस