२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सूचना आयोगमा पछिल्लो एक महिनामा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मलेन गरी आयोगले निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले आयोगले आवश्यकताअनुसार कार्यालय खोल्नसक्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा संगठन तथा व्यवस्थापन सर्वेक्षणको लगि सैद्धान्तिक सहमतिसहित पक्रिया अगाडि बढाउने आयोगको निर्णय छ । पत्रकार सम्मेलनमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा।सुरेशप्रसाद आचार्यले यस अतिरिक्त आयोगका नियमित कामहरु अन्तर्गत सूचना अभियन्ताहरुको पुनरावेदन लिने र तदनुसार आदेश गर्ने काम भइरहेको बताउनु भयो । पछिल्लो एक महिनाको अवधिमा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन प्राप्त भएको जानकारी दिनुभयो । प्रक्रियामा रहेका ५६ वटा पुनरावेदनमा आदेश भएको बताउनु भयो । उहाँकाअनुसार आयोगले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवस २०८२ वैशाख २२ गते भव्यताका साथ मनाउने र राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रुपमा बोलाइएको जानकारी दिनुभयो ।

स्थापना दिवसकै सन्दर्भमा उत्कृष्ट सूचना अधिकारी छनोटको लागि आवेदन आह्वान गर्दै गोरखापत्र र आयोगको वेबसाईटमार्फत २०८१ फागुन २७ मा सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो ।