२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याकलिनकी आमा किम फर्नान्डिसको निधन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिसको आज बिहान निधन भएको छ ।

उनकी आमा विगत केही दिनदेखि मुम्बईको लीलावती अस्पतालमा भर्ना थिइन् । खबर पाएलगत्तै सबैजना अस्पताल पुगेका छन् ।

२४ मार्चमा ज्याकलिनकी आमा किमलाई हृदयाघात भयो, त्यसपछि उनलाई आकस्मिक अवस्थामा मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था नाजुक बन्दै गयो ।

आमा भर्ना भएपछि ज्याकलिनले कामबाट विश्राम लिइन् र अस्पतालमा थिइन् । उनलाई पटक–पटक अस्पतालमा भेटिएको थियो ।

ज्याकलिनले केही समयअघि इन्डियन प्रिमियर लिगमा प्रदर्शन गर्ने तय भएको थियने । उनको प्रदर्शन २६ मार्चमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स बीचको खेलको उद्घाटन समारोहमा हुने थियो ।

यसका लागि सबै तयारी पनि भइसकेको थियो तर आमालाई हृदयघात भएपछि ज्याकलिनले आईपीएलमा प्रदर्शन गर्न पाइनन् ।

एक साताअघि सलमान खान पनि ज्याकलिन फर्नान्डिसकी आमा किमलाई भेट्न लीलावती अस्पताल पुगेका थिए । दुवै चाँडै ‘किक २’ मा सँगै देखिनेछन् ।

ज्याकलिनकी आमालाई सन् २०२२ मा पनि हृदयाघात भएको थियो । त्यसबेला उनको बहराइनमा उपचार भएको थियो ।

ज्याकलिनकी आमा किम मलेसियाकी नागरिक थिइन् । उनी एयर होस्टेस भइन् । किमले श्रीलंकाका व्यापारी एलरोय फर्नान्डेजसँग विवाह गरेकी हुन् । ज्याकलिनसँगै उनका ४ सन्तान छन् ।