३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तीन दिनमै हलबाट उत्रिन लाग्यो सलमानको ‘सिकन्दर’

तीन दिनमै हलबाट उत्रिन लाग्यो सलमानको ‘सिकन्दर’
अ+ अ-

एजेन्सी । बलिउड स्टार सलमान खानको फिलम ‘सिकन्दर’ मार्च ३० देखि विश्वव्यापी रुपमा रिलिज भएको छ । यो फिल्म रिलिज हुनुअघि चर्चामा थियो तर कथाका कारण फिल्मले दर्शकको मन जित्न सकेको छैन ।

जसका कारण फिल्मका धेरै शो रद्द भइरहेका छन् । मोहनलालको फिल्म एल२ः एमपुरन अहिले धेरै थिएटरमा सिकन्दरको ठाउँमा देखाइँदैछ ।

हालैको बलिउड हंगामा रिपोर्टका अनुसार सिकन्दरलाई सूरत, अहमदाबाद, भोपाल र इन्दौरका धेरै थिएटरबाट उतारिएको छ । फिल्म सिकन्दरले २६ करोडको ओपनिङ कलेक्सन गरेको थियो । आइतबार रिलिज भएको फिल्मले फाइदा उठाएको थियो ।

भोलिपल्ट इदको अवसरमा फिल्मको कमाईमा उछाल आएको थियो । फिल्मले दोस्रो दिन २९ करोड र तेस्रो दिन १९.५ करोड कमाएको थियो । फिल्मको कुल कलेक्सन ७४.५ करोड पुगेको छ ।

सिकन्दर फिल्मलाई एआर मुरुगादासले निर्देशन गरेका हुन्, जसले ‘गजनी’ जस्ता उत्कृष्ट फिल्मको निर्देशन गरेका छन् । फिल्ममा सलमान खानको अपोजिटमा रश्मिका मन्दना देखिएकी छिन् । फिल्ममा शरमन जोशी, काजल अग्रवाल, सत्यराज, प्रतीक बब्बरको पनि महत्वपूर्ण भूमिका छ ।