२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमले ईजभीजको वाइफाइ आइ पी क्यामेरा विक्रि वितरण गर्ने



अ+ अ-

काठमाडौं । नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै ईन्टरनेट संगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।

यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम ईन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो । घर निगरानी राख्नका लागी ईजभीजले उत्पादन गर्ने वाइफाइ आइ पी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछ । क्यामेरा उत्पादक तथा ईन्टरनेट सेवा प्रदायकको यो सहकार्यले शहरी र अर्ध–शहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसंग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला ईन्टरनेट सेवा र वाइफाइ आइ पी क्यामेरा एकअर्काका पूरक हुने भएकाले, डिशहोमले आफ्ना वाइफाइ आइ पी आवस्यकता महशुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाईको नेटवर्क मार्फत वाइफाइ आइ पी क्यामेरा उपलब्ध गराउनेछ । डिशहोम र ईजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आइ पी क्यामेरा मार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ।

ईजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइत भिजन, मोसन डिटे क्सन क्षमता, र मोबाइल एपहरू मार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधाहरू उपलब्ध छन्, जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि ईजभिजको प्रोडक्ट उत्कृष्ट हुनेछ । डिशहोमको ईन्टरनेट पूर्वाधार र इजभिजको नवीन तथा विश्वसनीय सुरक्षा सामाग्रीको साथ पाए पछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्ने छन्।