१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खवास र राईप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहयाक प्रशिक्षकद्वय स्व. चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभा आयोजना गर्यो ।

त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले स्व. खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

तेक्वान्दोका खवास इलाम जिल्ला खेलकुद विकास समिति तथा एथलेटिक्सका राई सल्यान जिल्ला खेलकुद विकास समितिमा सहायक प्रशिक्षकका रुपमा कार्यरत थिए । खवासको साउन २० गते तथा राईको साउन १९ गते निधन भएको थियो ।