१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोल र उपासनाको स्वाब संकलन गरियो, रिपोर्ट आउन बांकी



अ+ अ-

काठमाडौं । कोरोना परिक्षणको लागि अभिनेता अनमोल केसीको स्वाब संकलन गरिएको छ । केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि यमाहाको टिमले उनकोसहित अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना परिक्षण गराएको हो । यधपी दुवैको कोरोना परिक्षण रिपोर्ट भने आएको छैन । 
 
भोलीसम्म रिपोर्ट हातमा पर्नसक्ने अनमोलको भनाई छ । उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । उनले परिवारका सदस्यहरुसँग पनि आफूले दूरी बनाएको बताएका छन् । लकडाउनपछि अनमोल विभिन्न कम्पनीको विज्ञापनको भिडियो र फोटोसुटमा व्यस्त छन् । 

त्यस्तै अभिनेत्री उपासना सिंह ठकुरीकोको कोरोना रिपोर्ट पनि शुक्रवार साँझसम्म आउने बताइएको छ । अहिले उनी घरमै आइसोलेसनमा बसेकी छन् ।