४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट भुटान डिपोर्ट गरिएका शरणार्थीमध्ये ३ जना बेलडाँगी शिविरमा



अ+ अ-

काठमाडौँ । शुक्रबार अमेरिकाबाट भुटानको पारो ‘डिपोर्ट’ गरिएका भुटानी शरणार्थीमध्ये तीन जना झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर पुगेका छन् ।

आपराधिक गतिविधिमा संलग्न भएपछि अमेरिकाबाट दुई चरणमा १० शरणार्थीलाई भुटान डिपोर्ट गरिएको थियो ।

ती शरणार्थीलाई भुटानले पारो विमानस्थलमा स्वागत गर्दै खानपिन गराएर सीमावर्ती नाका फुन्चोलिङ–जयगाउँ (भारत)मा ल्याएर शुक्रबार दिउँसो छाडिदिएको थियो ।

त्यहाँबाट भारतले पूर्वी नेपालको सीमावर्ती विन्दु पानीट्यांकीमा ल्याएर शुक्रबार अपराह्न छाडिदिएपछि त्यसमध्ये तीन जना अनाधिकृत रुपले नेपाल छिरेका हुन् ।

उनीहरू शुक्रबार बेलुका ९ बजे बेलडाँगी आइपुगेका थिए । दश जना निर्वासितहरूमध्ये तीन जना रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जी नेपाल प्रवेश गरेका हुन् ।

शिविरमा आइपुगेका तीनै जनालाई इलाका प्रहरी प्रशासन कार्यालय दमकमा आवश्यक सोधपुछ प्रक्रियामा लगिएको छ ।

Photo Source: Bhutanese News