१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वाटरफाइनलमा पुग्यो बायर्न, बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने



अ+ अ-

काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोलमा बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटर फाइनलअन्तर्गत दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई ४–१ ले पराजित गर्दै बायर्नले समग्रमा ७–१ को जित हात पारेको हो । पहिलो लेगमा बायर्न ३–० ले विजयी भएको थियो ।

बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले २ गोल गरे भने इभान पेरिसिक र कवरेन्टिन टोलिसोले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि टमी अब्राहमले एक गोल फर्काउन सफल भएका थिए । खेलको १०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी सुटआउटको फाइदा लिइ गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा परेसिकले बायर्नको अग्रता दोब्बर पारे ।

अन्ततः बायर्नले खेलको अन्त्यसम्म ४–१ को गोलमा जित हात पारेको हो । बायर्नले अब क्वाटरफाइनलमा स्पानिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।