
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
एन्फाको चैत ११ र १२ गते बसेको नवौं कार्यसमिति बैठकले फिफाबाट प्रतिबन्धमा रहेका थापालाई आवश्यक अनुसन्धान तथा छानविन गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरिएको हो ।
एन्फाले थापामाथि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्नेछ ।
जसअनुसार अख्तिायारसहित फिफा, एएफसी, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गरिनेछ ।
फिफाले २०७२ मा एन्फाका तत्कालिन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध गरेको थियो ।
थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको ठहर गर्दै फिफाको अनुशासन समितिले थापालाई २१ लाख जरिवाना समेत तोकेको थियो ।