१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियोः गृहमन्त्री

गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियोः गृहमन्त्री
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउनुभएको छ ।

जुद्ध वारुण यन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले गणतन्त्रले केही पनि गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको अवाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएको बताउनु भयो । उहाँले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको बताउनु भयो । उहाँले जनताको अवाज कुल्चिएर लोकतन्त्र समाप्त पार्ने राजतन्त्र ठिक कि जनताको अवाज सुन्ने गणतन्त्र ठिक भन्दै प्रश्न गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । लोकतन्त्रले केही गर्न सकेन । गणतन्त्रले केही गर्न सकेन । यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्ने कोसिस भैरहेको छ । यो अत्यन्त गलत कुरा हो । लोकतन्त्रले सञ्चारको कुरा सुन्छ,गणतन्त्रले जनताको कुरा सुन्छ । गणतन्त्रले लोकतन्त्रले जनताका आवश्यकता सुन्दो रहेछ, बुझ्दो रहेछ । अब त्यसैलाई अर्को पाटोमा हेर्नुस त । एक पटक केही वर्ष पहिला तत्कालिन राजाले कू गर्नुभएको थियो । लोकतन्त्रलाई समाप्त गरेर आफ्नो साशन लागू गर्नुभएको थियो । तपाईहरु कतिजनालाई सम्झना छ ?सबैभन्दा पहिला राजाले कू गर्दा नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मी सबैभन्दा पहिला सञ्चारमाध्यमका अफिसमा गएका थिए । सम्झना छ ?एउटा आवाजले जनताका आवाज कुल्चिन्छ । एउटा आवाजले सञ्चारको अवाज कुल्चिन्छ । पत्रकारको आवाज कुल्चिन्छ । त्यो व्यवस्था भनेको राजाको व्यवस्था हो । लोकतन्त्रले जनताको आवाज सुन्छ, पत्रकारिताको अवाज सुन्छ । राजतन्त्र उचित व्यवस्था हो कि गणतन्त्र उचित व्यवस्था हो?मैले भन्नै परेन नि ।’

वारुण यन्त्रको सेवा तीन रोपनी सात आना जग्गामा पाँच करोड ७६ लाख ९८ हजार लागतमा निर्मित नयाँ भवनबाट शुरु भएको छ । नवनिर्मित भवन २०८१ कातिक १ गते कार्यालयलाई हस्तान्रण गरिएको थियो । ३२ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हललदार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सह लेखापाल र तीन जना कार्यालय सहयोगी रहेको जनाइएको छ ।