१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान प्रकरण: सरकारको कुशासनको निरन्तरताको अर्को कडी: शेखर कोईराला



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङ बर्खास्त गर्ने निर्णय विनाशकाले विपरित वुद्धि भएको टिप्पणी गर्नुभएको छ ।

नेता कोईरालाले यो निर्णय सरकारको कुशासनको निरन्तरताको अर्को कडी भएको उल्लेख गर्दै यो निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले भन्नु भएको छ ।

उहाँले लेख्नु भएको छ-

कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने रु विनाशकाले विपरित वुद्धि ।