१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

सोमबार साँझ साढे ५ बजे बैठक बस्ने गरी बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे भनेजानकारी गराइएको छैन ।

मन्त्रिपरिषद् बैठकअघि शीर्ष तीन मुख्य दलका नेताहरूबीच सिंहदरबारमा भेटवार्ता हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेरमा भेटवार्ता हुँदैछ ।

नेताहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने बताईएको छ ।