१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

प्रेस चौतारीको महाधिवेशनः तोकिएका बाहेकलाई मनोनयनपत्र दिईएन

प्रेस चौतारीको महाधिवेशनः तोकिएका बाहेकलाई मनोनयनपत्र दिईएन
अ अ+ अ-

काठमाडौं । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जारी गरेको निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गर्न पुगेका राजेश राईलगायतको टिमलाई मनोनयनपत्र नदिएको हो ।

जारी सूचनामा दिउसो १ बजे पहिलो मतदाता नामाबली प्रकाशन भइ दावी विरोधपश्चात साढे २ बजे अन्तिम नामावली प्रकाशन गरिने र पौने ३ बजे अध्यक्ष मण्डलसमक्ष उम्मेदवार मनोनयन दर्ता गर्ने उल्लेख छ ।

मतदानको समय नराखी सार्वजनिक गरिएको निर्वाचन तालिकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि ४ः२० बजे समय तोकिएको छ भने निर्वाचन परिणाम घोषणा ४ः३० मा गर्ने भनिएको छ । तर, उम्मेदवारी दर्ताका लागि  मनोनयनपत्र नदिईएको एक प्रतिनिधिले बताए । मनोनयन दर्ताका लागि फारम माग्दा अध्यक्ष मण्डलले नदिएको उनको भनाई छ ।

प्रेस चौतारीको आगामी अध्यक्षका लागि गणेश पाण्डे र राजेश राईले दाबि गरिरहेका छन् । एमालेले सर्वसम्मत नेतृत्व छनोट गर्न सन्देश पठाएको छ । अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेका थिए ।