१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै, यस्तो छ हेड–टु–हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औं सिजनको चौथो खेलमा आज दिल्ली क्यापिटल्स (डीसी) र लखनउ सुपरजायन्ट्स (एलएसजी) खेल्दैछन् ।

दिल्लीको दोस्रो घरेलु मैदान, डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियम, विशाखापट्टनममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ। यहाँ दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

आज दुवै टोलीका पूर्व कप्तान आफ्नै पुरानो टोलीसँग भिड्न सक्नेछन् । गत वर्ष ऋषभ पन्त दिल्लीको कप्तान थिए भने केएल राहुल लखनउको कप्तान थिए। पन्तलाई मेगा अक्सनमा लखनउले २७ करोडमा किनेको थियो, जुन इतिहासकै सबैभन्दा महँगो खेलाडी हो । योसँगै राहुललाई दिल्लीले १४ करोडमा टिममा सामेल गरेको थियो ।

विकेटकिपर ब्याट्सम्यान केएल राहुल दिल्ली क्यापिटल्सका लागि पहिलो दुई खेलबाट बाहिर हुने बताईएको छ । उनको अनुपस्थितीमा अक्षर पटेलले कप्तानी सम्हाल्नेछन् ।

हेड टु हेडमा लखनउ अगाडि

आईपीएलमा हालसम्म लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्सबीच ५ खेल खेलिएका छन् । जसमा लखनउले ३ खेल जितेको छ भने दिल्लीले २ खेल जितेको छ । दुवै टोली पहिलो पटक विशाखापट्टनममा आमनेसामने हुँदैछन् ।

पिच रिपोर्ट

विशाखापट्टनमको पिच ब्याटिङमैत्री मानिन्छ। विशाखापट्टनममा अहिलेसम्म १५ आईपीएल खेलहरू खेलिएका छन्। जसमा ८ मा पहिले ब्याटिङ गर्ने टोली र ७ मा पछ्याउने टोली विजयी भएका थिए । यहाँको उच्चतम टोली स्कोर २७२/७ हो, जुन कोलकाता नाइट राइडर्सले गत सिजन दिल्ली क्यापिटल्स विरुद्ध बनाएको थियो।

सम्भावित प्लेईङ–११ः

दिल्ली क्यापिटल्स: अक्षर पटेल (कप्तान), ज्याक फ्रेजर(मगार्च, फाफ डु प्लेसिस, अभिषेक पोरेल, केएल राहुल, ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमार, टी नटराजन, मोहित शर्मा।

लखनऊ सुपर जायन्ट्स: ऋषभ पन्त (कप्तान), अर्शिन कुलकर्णी, मिचेल मार्स, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, अब्दुल समद, शार्दुल ठाकुर, राजवर्धन हंगेरगेकर, रवि बिश्नोई, शामर जोसेफ, शाहबाज अहमद।