२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुन दिँदैनौँः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले थुनुवा र कैदीबन्दीको मानव अधिकार हनन हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले थुनुवा तथा कैदीबन्दीहरुमाथि कुनैपनि मानवअधिकार हनन हुने कार्य सररकारले नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सीमित स्रोत साधनमा कैदीबन्दी तथा थुनुवाको व्यवस्थापन गर्नुपर्ने समस्या सरकारले उचित रुपले सम्बोधन गर्ने बतानु भयो । उहाँले पछिल्लो समय नुवाकोटमा नयाँ कारागार निर्माण भएर सञ्चालनमा आएको बताउनु भयो । देशभरका पुराना कारागारहरुको भौतिक सुधारका लागि सरकारले पहल गरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कुनैपनि हिरासतको मानिस थुुनुवा, कैदीबन्दीलाई कुनै अमानवीय व्यवहार गर्ने, निर्मम व्यवहार गर्ने, अथवा मानवअधिकारको हनन् गर्ने ढंगले काम गर्ने कुरा हुँदैन त्यसको ग्यारेन्टी हामी गर्छौँ, सरकारले ग्यारेन्टी गर्छ । कुनैपनि व्यक्तिको मानव अधिकार हनन गर्ने कुरा हुँदैन । तर अलिकता सीमित स्रोत साधनमा काम चलाउनुपर्ने केही समस्याहरु छन् यसका विषयमा पनि हामीले विशेष ध्यान दिएका छौँ । र यसमा हामी सुधार गछौँ । भौतिक सुधार गर्छौँ । केही कारागारहरु थप निर्माण गर्ने, जस्तो पछिल्लो अवस्थामा नुवाकोटको कारागार प्रचलनमा आएको छ । र त्यहाँ केही मान्छे थप्न सकिने अवस्था छ । जहाँ बढी कैदीहरु हुनुहुन्छ त्यहाँका बन्दीलाई नुवाकोटमा लगेर राख्नका लागि कारागार व्यवस्था विभागले काम गरी रहेको छ । हिरासतमा रहेका मानिस, कारागारमा थुनुवाका रुपमा रहेका वा कैदीबन्दीका रुपमा रहेका मानिसको मानवअधिकारको पूर्ण सुरक्षा गन्छि, त्यसका बारेमा हामी गम्भीर छौँ,सचेत छौँ र गर्छौँ ।’

गृहमन्त्री लेखले समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।




भर्खरै