१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुन दिँदैनौँः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले थुनुवा र कैदीबन्दीको मानव अधिकार हनन हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले थुनुवा तथा कैदीबन्दीहरुमाथि कुनैपनि मानवअधिकार हनन हुने कार्य सररकारले नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सीमित स्रोत साधनमा कैदीबन्दी तथा थुनुवाको व्यवस्थापन गर्नुपर्ने समस्या सरकारले उचित रुपले सम्बोधन गर्ने बतानु भयो । उहाँले पछिल्लो समय नुवाकोटमा नयाँ कारागार निर्माण भएर सञ्चालनमा आएको बताउनु भयो । देशभरका पुराना कारागारहरुको भौतिक सुधारका लागि सरकारले पहल गरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कुनैपनि हिरासतको मानिस थुुनुवा, कैदीबन्दीलाई कुनै अमानवीय व्यवहार गर्ने, निर्मम व्यवहार गर्ने, अथवा मानवअधिकारको हनन् गर्ने ढंगले काम गर्ने कुरा हुँदैन त्यसको ग्यारेन्टी हामी गर्छौँ, सरकारले ग्यारेन्टी गर्छ । कुनैपनि व्यक्तिको मानव अधिकार हनन गर्ने कुरा हुँदैन । तर अलिकता सीमित स्रोत साधनमा काम चलाउनुपर्ने केही समस्याहरु छन् यसका विषयमा पनि हामीले विशेष ध्यान दिएका छौँ । र यसमा हामी सुधार गछौँ । भौतिक सुधार गर्छौँ । केही कारागारहरु थप निर्माण गर्ने, जस्तो पछिल्लो अवस्थामा नुवाकोटको कारागार प्रचलनमा आएको छ । र त्यहाँ केही मान्छे थप्न सकिने अवस्था छ । जहाँ बढी कैदीहरु हुनुहुन्छ त्यहाँका बन्दीलाई नुवाकोटमा लगेर राख्नका लागि कारागार व्यवस्था विभागले काम गरी रहेको छ । हिरासतमा रहेका मानिस, कारागारमा थुनुवाका रुपमा रहेका वा कैदीबन्दीका रुपमा रहेका मानिसको मानवअधिकारको पूर्ण सुरक्षा गन्छि, त्यसका बारेमा हामी गम्भीर छौँ,सचेत छौँ र गर्छौँ ।’

गृहमन्त्री लेखले समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।