३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारत भ्रमण बारे के भनिन् परराष्ट्रमन्त्रीले- पूर्णपाठ

भारत भ्रमण बारे  के भनिन् परराष्ट्रमन्त्रीले- पूर्णपाठ
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्र्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उहाँले सो जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो “यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा एस जयशंकर र अन्य देशका समकक्षीहरुसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो । त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत पनि निरन्तरताका लागि पहल गरेँ । त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो ।”

उहाँले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरु तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

मन्त्री डा राणाले भन्नुभयो “भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेँ । यसमा खासगरी नेपाल र भारतवीच रहेको विद्यमान द्विपक्षीय सम्झौता अनुसार नै इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु ।”

उहाँले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिनुभयो । त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी मन्त्री डा राणाले दिनुभयो ।

पत्रकारका एक प्रश्नमा उहाँले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने स्पष्ट गर्नुभएको थियो । नेपालमा हालै भएका केही राजनीतिक घटनाक्रमबारे गरिएको प्रश्नमा उहाँको जवाफ थियो “यस विषयमा त भारतमा कुनै कुरा भएन तर पनि हामीले देखिरहेकै छौँ कि भारत नेपालमा प्रजातान्त्रिक प्रणाली नै चाहन्छ ।”

उहाँले भन्नुभयो ‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । सरकारको सिस्टमनै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ ।’

सम्बोधनको पूर्णपाठ

म खासगरी नियमित स्वास्थ्य जाँच गर्ने, तिर्थस्थलहरुको भ्रमण गर्ने र Raisina Dialogue मा भाग लिने गरी २०८१ फागुन २६ गते भारतको भ्रमणमा निस्केको थिएँ। भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा The Observer Research Foundation (ORF) ले यही १७ देखि १९ मार्च २०२५ सम्म भारतको नयाँ दिल्लीमा आयोजना गरेको Raisina Dialogue र २० मार्च २०२५ मा आयोजना गरेको Raisina Digital Public Infrastructure कार्यक्रममा समेत भाग लिएर आज स्वदेश फर्केको छु। यस भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल समेतबाट जानकारी प्राप्त गर्नुभएकै छ ।यस भ्रमणका विषयमा थप केही कुराहरु तपाईहरु समक्ष राख्न चाहन्छु ।

म भारतमा रहँदा भारतका विदेश मन्त्री महामहिम डा एश जयशंकर, मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरुसँग तथा संयुक्त राष्ट्र अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँग भएका छुट्टा छुट्टै भेटवार्तामा द्विपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भयो। भारतका विदेशमन्त्री महामहिम डा. एस. जयशंकरसँग भएको द्विपक्षीय भेटवार्तामा हामीले नेपाल र भारतबीच रहेका विभिन्न द्विपक्षीय संयन्त्रहरूको हालैका बैठकहरूमा भएका प्रगतिहरूको समिक्षा गर्दै अन्य संयन्त्रहरुलाई पनि थप क्रियाशील बनाउने र द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने विषयमा कुरा गर्‍यौ।

भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरें। यसमा खासगरी नेपाल र भारतवीच रहेको विद्यमान द्विपक्षीय सम्झौता अनुसार नै Indian Energy Exchange मार्फत प्रत्येक दिन हुने Power Draw को अवधिलाई लामो बनाएर नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न  अनुरोध गरेको छु।

अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँग भएको भेटमा मैले अमेरिकाले नेपाललाई दिदै आएको आवश्यक सहयोगको निरन्तरता हुन तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौतीहरुको सम्बोधन गर्न सहयोगको लागि अनुरोध गरें। साथै अक्टोबर ७, २०२३ देखि हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाईका लागि सहजीकरण गर्न संयुक्त राज्य अमेरिकाको सहयोग अनुरोध गरें।

त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा मैले यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपाली नागरिकहरूको तत्काल रिहाइ र स्वदेश फिर्ताको सहजीकरणका निम्ति गरेको अनुरोधमा युक्रेनी परराष्ट्र मन्त्री महामहिम एन्ड्री सिबिहासले यस विषयमा तत्कालै आवश्यक प्रक्रिया सुरु गर्ने प्रतिबद्धता गर्नुभएको छ।भेटका क्रममा नेपाल र युक्रेनबीच कूटनीतिक, अफिसियल तथा सर्भिस पासपोर्टका लागि भिसा छुट सम्झौतामा हस्ताक्षर भएको छ ।

यस भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ताहरुका क्रममा मानव अधिकार परिषद् (HRC) मा २०२७-२०२९, संयुक्त राष्ट्र संघीय आर्थिक एवम् सामाजिक परिषद् (ECOSOC) मा २०२९-२०३१ तथा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद् मा २०३७-२०३८ का लागि नेपालले दिएका उम्मेदवारीहरुमा समर्थनको लागि आग्रह गरेको छु।

Raisina Dialogue अन्तर्गत Climate Cataclysm: The Adaptation Agenda is Gasping (जलवायु प्रकोप: अनुकूलनको विषय संकटमा छ) भन्ने विषयबस्तुमा सञ्चालन भएको छलफलमा सम्बोधन गरें। कार्यक्रममा नेपाल लगायतका जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरुमा जलवायु परिवर्तनले पारेको असर, जलवायु परिवर्तनसँग सामना गर्नको लागि आवश्यक अनुकुलन कार्यक्रमहरु, जलवायु वित्त लगायतका विषयहरुमा धारणा राख्दै जलवायु परिवर्तनको संकटको सामना गर्न नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता र सो प्रतिबद्धता कार्यान्वयनको लागि लिएको नीति, जलवायु अनुकुलन योजना लगायतका नेपालका प्रयासहरुमा प्रकाश पारें।यस क्रममा नेपालको जलवायु अनुकुलन योजना अन्तर्गत स्थानीय अनुकुलन योजना समेत बनाएर कार्यान्वयन गरिरहेको र सन् २०४५ सम्म शुन्य कार्वन उत्सर्जनको प्रतिबद्धता गरेको हुँदा त्यसका निम्ति चाहिने वित्तीय दायित्त्वमा अन्तर्राष्ट्रिय समुदायबाट नेपालले सहयोगको अपेक्षा राखेको हुँदा विकसित राष्ट्रहरु, बहुपक्षीय संस्थाहरू र निजी क्षेत्रलाई यस विषयमा आफ्नो प्रतिबद्धता र स्रोतहरू बढाउन आह्वान गरें।

यसै गरी विकासोन्मुख मुलुकहरुका चाहना र आवश्यकता सम्बन्धि विषयमा Raisina Ideas Pod मा आफ्नो धारणाहरु समेत राखें। सो क्रममा विकासोन्मुख मुलुकहरुले सामना गरिरहेका चुनौतीहरुको वारेमा प्रकाश पार्दै ती चुनौतीहरुको सामना गर्नको लागि वैश्विक शासनको प्रारुपमा सुधार गर्ने, जलवायु न्यायको सुनिश्चितता गर्ने, समताउन्मुख र सबल वित्तीय संरचना, प्रविधि हस्तान्तरण तथा विकासोन्मुख मुलुकको लागि उपयुक्त अन्तर्राष्ट्रिय व्यापार प्रणाली अपरिहार्य रहेको विषयहरुमा जोड दिएँ।

यस क्रममा क्षेत्रीय सहयोग र वातावरणीय दिगोपनमा नेपालको नेतृत्वदायी भूमिकालाई जोड दिँदै मैले १६-१८ मे २०२५ मा काठमाडौँमा नेपालले “जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” विषयमा आयोजना गर्ने सगरमाथा संवादमा सहभागिताका लागि कार्यक्रममा सहभागी हुन अन्तर्राष्ट्रिय समुदायका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूलाई अनुरोध गरें।

समग्रमा मेरो यस भ्रमणले नेपालको भारत लगायत विभिन्न मित्र राष्ट्रहरुसँग रहेको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र सुमधुर बनाउन मद्दत पुगेको हुँदा सफल र उपलब्धिपूर्ण भएको छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस