७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday
Latest
प्रधानमन्त्रीद्वारा छ नगरपालिका पुरस्कृत उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण अधिकारलाई सङ्कुचित बनाउन नहुने आगामी निर्वाचनमा माओवादीले धेरै ‘सीट’ जित्ने अध्यक्ष दाहालको प्रक्षेपण ‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’ आजपाको निष्कर्ष : सरकार र संविधान असफल, दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनका लागि तोकियो कमाण्डर हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैनः प्रधानमन्त्री ओली जटिल रोगको उपचारका लागि बीमाको विकल्प खोज्नुपर्छः स्वास्थ्यमन्त्री राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट डिस्चार्ज भए एआर रहमान



अ+ अ-

एजेन्सी । ओस्कार अवार्ड विजेता संगीतकार तथा गायक एआर रहमानको स्वास्थ्य आइतबार बिहान अचानक बिग्रिएको थियो ।

छातीमा गहिरो दुखाइ भएपछि उनलाई चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।

आकस्मिक वार्डमा भर्ना भएका एआर रहमानलाई विशेषज्ञ चिकित्सकको टोलीको निरन्तर निगरानीमा राखिएको थियो ।

चेन्नईको अपोलो अस्पतालले एक विज्ञप्ती जारी गर्दै गायकलाई डिहाइड्रेसनको लक्षण देखिएको बताएको छ । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको हो ।

एआर रहमानको पारिवारिक स्रोतले उनी रमजानमा व्रत बसेकाले डिहाइड्रेसनको समस्या भएको बताएको थियो ।

एआर रहमानले २० नोभेम्बर २०२४ मा श्रीमती सायरासँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए । यो जोडीले सन् १९९५ मा एरेन्ज विवाह गरेका थिए, जुन २९ वर्षपछि टुटेको थियो ।

यस विवाहबाट दम्पतीका तीन सन्तान छन् । सम्बन्धविच्छेदको घोषणा लगत्तै सायरा बानोको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो ।

रहमानले फिल्म ‘स्लमडग मिलियनेयर’को ‘जय हो’ गीतका लागि २ ओस्कार अवार्ड पाएका थिए । उनी २ ओस्कार जित्ने पहिलो र एकमात्र भारतीय हुन् । रहमानले २ वटा ग्रामी अवार्ड पनि जितिसकेका छन् ।