१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमरान मलिकले आईपीएलको पूरा सिजन गुमाउने



अ+ अ-

काठमाडौँ । स्पीड स्टार उमरान मलिक चोटका कारण आईपीएलको पूरा सिजन बाहिर हुने भएका छन् ।

आईपीएल २२ मार्चबाट सुरु भई मे २५ सम्म चल्नेछ । उनको स्थानमा कोलकाता नाइट राइडर्सले बायाँ हाते फास्ट बलर चेतन सकारियालाई समावेश गरेको छ ।

चेतनले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले एक एकदिवसीय र दुई टी–२० अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरेका छन् ।

उनले आईपीएलका १९ खेल पनि खेलेका छन् जसमा उनले २० विकेट लिएका छन् । बायाँ हाते फास्ट बलर चेतनलाई ७५ लाखमा टिममा ल्याइएको छ ।

आईपीएल २०२५ को मेगा लिलामीमा चेतन कुनै टिममा बिक्रि भएनन् ।

यसपछि उनी नेट बलरको रूपमा कोलकाता नाइट राइडर्स टोलीमा सामेल भए । अब केकेआरले उनलाई उमरान मलिकको स्थानमा टोलीमा समावेश गरेको छ ।

आईपीएलको पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुनेछ । यो खेल केकेआरको घरेलु मैदान इडेन गार्डेनमा हुनेछ । यो सिजन केकेआरको कप्तानी अजिंक्य रहाणेले गर्नेछन् ।