५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त



अ+ अ-

काठमाडौं । नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त भएका छन् । सैनिक प्रहरीले राणा र सिलवाललाई भ्रष्टाचार अभियोगमा गत जेठ पहिलो साता पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जंगी अड्डाले गठन गरेको समरी जनरल सैनिक अदालतले उनीहरूलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको हो । उपरथी सीताराम खड्काको अध्यक्षतामा उक्त अदालत गठन गरिएको थियो । अदालतले राणाले १ करोड ५२ लाख २७ हजार ३ सय रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७८ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । उक्त रकम राणा र सिलवालबाट असुल गर्न भनिएको छ ।

उनीहरूले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको ठहर अदालतले गरेको छ । सोही प्रकरणमा सैनिक अदालतले प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गर्ने फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सहसेनानी लक्ष्मीकान्त खनाल, सुबेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला सुनाइएको छ । प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिन भनिएको छ । महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाइ पाएका छन् ।

जंगी अड्डाले विभिन्न सैनिक अड्डाभित्र भइरहेका आर्थिक अनियमितता छानबिन गर्न गठन गरेको निगरानी संयन्त्र (ओभर साइट सेल) को गोप्य प्रतिवेदनका आधारमा राणा र सिलवाल अनुसन्धानमा तानिएका थिए । गोप्य भनिएको उक्त प्रतिवेदनले औंल्याएका अन्य सैनिक उच्च अधिकारीबारे छानबिन भइरहेको सैनिक उच्च स्रोतले जनाएको छ । भ्रष्टाचार छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा संयन्त्र गठन गरिएको थियो । प्रधानसेनापति कमान्ड मार्ग निर्देशन २०७५ अनुसार आकस्मिक रूपमा छानबिन गर्न संयन्त्र गठन भएको थियो ।

संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजन भएका दुई दर्जनभन्दा बढी अड्डामाथि छानबिन गरेको थियो । संयन्त्रले ती निकायमा आकस्मिक भ्रमण गरी विनियोजित रकम के कसरी खर्च भइरहेको छ भन्नेबारे अध्ययन र छानबिन गरेको थियो ।

उसले दिएको प्रतिवेदन कार्यान्वयन गर्दै प्रधानसेनापति थापाले अनियमिततामा संलग्न सैनिक अधिकारीलाई कारबाही थालेका हुन् । उपरथीको नेतृत्वमा गठित संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापतिलाई दिएको थियो । जंगी अड्डाले सैनिक उच्च अधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो । अन्नपुर्णपोष्ट दैनिक