३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रायसिना डायलग २०२५ का लागि विश्व नेताहरू दिल्लीमा

रायसिना डायलग २०२५ का लागि विश्व नेताहरू दिल्लीमा
अ+ अ-

एजेन्सी। विश्वभरका नेताहरू प्रमुख भू–राजनीतिक सम्मेलन रायसिना डायलग २०२५ मा भाग लिन नयाँदिल्ली आइरहेका छन् ।

आइतबार स्लोभेनियाका विदेशमन्त्री तान्या फाजोन, लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेल र पेरुका विदेशमन्त्री एल्मर सिएलर सल्सेडो तथा माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद यहाँ आइपुग्नुभयो ।

विदेश मामिलाका मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा एक पोस्टमा लेख्नुभयो, “रायसिना डायलग २०२५ का लागि थप आगमन ! भारतमा स्वागत छ, लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेल र स्लोभेनियाका विदेशमन्त्री तान्या फाजोन ।”

सम्मेलनमा भाग लिन माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद र पेरुका विदेशमन्त्री एल्मर सियलर सल्सेडो नयाँदिल्ली आइपुग्नुभएको पनि उहाँले उल्लेख गर्नुभयो ।

एक्समा एक पोस्टमा उहाँले भन्नुभएको छ, “रायसिना डायलग २०२५ का लागि आइपुग्नुभएका हाम्रा सम्मानित पाहुनाहरूलाई बधाई ! घानाका विदेशमन्त्री स्यामुएल ओकुडजेटो अबलाकवा, पेरुका विदेशमन्त्री एल्मर सियलर सल्सेडो र माल्दिभ्स गणतन्त्रका पूर्वराष्ट्रपति मोहम्मद नाशिद नयाँदिल्लीमा न्यानो स्वागतका लागि आइपुग्नुभएको छ ।”

यसअघि क्युबाका उपप्रधानमन्त्री एडुआर्डो मार्टिनेज डिआज र घानाका विदेशमामिला मन्त्री स्यामुएल ओकुडजेटो अब्लाकावा रायसिना डायलगमा भाग लिन आइतबार आइपुग्नुभएको थियो ।

शुक्रबार नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवा रायसिना संवादमा भाग लिन दिल्ली आइपुग्नुभएको थियो । “रायसिना डायलग २०२५ का लागि नयाँदिल्ली आइपुगेपछि नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई हार्दिक स्वागत छ”, प्रवक्ता जयसवालले एक्समा एक पोस्टमा भन्नुभयो ।

विश्व समुदायले सामना गरिरहेको सबैभन्दा चुनौतीपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रायसिना डायलग भारतको प्रमुख भू–राजनीतिक र भू–आर्थिक सम्मेलन हो । यो मार्च १७–१९ मा दिल्लीमा आयोजना हुने तय गरिएको छ ।

विदेश मन्त्रालयसँगको साझेदारीमा अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले सम्मेलनको आयोजना गरेको हो । यस प्रयासलाई सम्मेलनको मिसनप्रति प्रतिबद्ध रहेका धेरै संस्था, सङ्गठन र व्यक्तिहरूले समर्थन गरेका छन् ।

“हरेक वर्ष, राजनीति, व्यापार, मिडिया र नागरिक समाजका नेताहरू नयाँदिल्लीमा विश्वको अवस्थाबारे छलफल गर्न र समकालीन मामिलाहरूको विस्तृत शृङ्खलामा सहयोगका अवसरहरू अन्वेषण गर्न भेला हुन्छन्”, ओआरएफले एक विज्ञप्तिमा भनेको छ, “यो संवाद एक बहु–सरोकारवाला, अन्तर–क्षेत्रीय छलफलको रूपमा संरचित छ । यसमा राज्यका प्रमुखहरू, क्याबिनेट मन्त्रीहरू र स्थानीय सरकारी अधिकारीहरू समावेश छन्, जसमा निजी क्षेत्र, मिडिया र शिक्षाविद्हरूका विचारशील नेताहरू सामेल छन् ।” रासस/एएनआई