२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

‘रेमडिसिभिर’ आयात खुला, औषधि व्यवस्था विभागले दियो अनुमति

‘रेमडिसिभिर’ आयात खुला, औषधि व्यवस्था विभागले दियो अनुमति
अ अ+ अ-

काठमाडौं । औषधि व्यवस्था विभागले कोरानाका गम्भीर बिरामीमा प्रयोग हुने ‘रेमडिसिभिर’ नामक औषधि आयत गर्न अनुमति दिएको छ। विभागले शनिबार आयात अनुमितको निर्णय गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट सिफारिस आएपछि आयातकर्ताको हकमा विभागले अनुमति दिएको हो। अध्ययन अनुसन्धानकै क्रममा औषधि लिन लागिएकाले नेपाल स्वास्थ्य अनुसन्धान विभागको सिफारिसपछि मात्र आयातको लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार यो औषधि केही आयात कम्पनीले छिट्टै ल्याउने तयारी गरिरहेका छन्।  

यसअघि इबोला रोगको उपचारमा प्रयोग भएको यो औषधि अध्ययन अनुसन्धानकै क्रममा नेपालमा ल्याउन लागिएको परिषद्का अनुसन्धान प्रमुख डा। मेघनाथ धिमालले जानकारी दिए। तीनवटा अन्तर्राष्ट्रिय कम्नपीले उत्पादन गरेका औाषधि मात्र लिन मिल्नेगरी विभागले अनुमति दिएको हो। डा. धिमालका अनुसार यो औषधि नेपालमा गम्भीर अवस्थामा पुगेका कोभिड–१९ का बिरामीको लागि प्रयोग हुने भएकाले नेपाल सरकारले अनुमति दिएका अस्पतालले मात्र बिरामी पक्षको सहमतिमा मात्र यो औषधि सिफारिस गर्न सक्नेछन्। ‘यो औषधि प्रयोग गर्दा अनुसन्धानको प्राटोकलअनुसार नै गर्नुपर्छ, खुला बजारको हकमा हैन,’ डा. धिमालले भने। गम्भीर बिरामीको हकमा प्रयोग हुने यो औषधि प्रयोग गर्नको लागि कोभिड–१९ अस्पतालमा भेन्टिलेटर तथा आइसियुसमेत उपलब्ध हुनुपर्छ।  

बजारमा माग भएको र यो औषधिको अन्तर्राष्ट्रिय बजारमा एक तहको अध्ययनसमेत भइसकेकाले अन्य विकल्प नभएको अवस्थामा सिफारिस दिइएको डा. धिमालले बताए। यो औषधि प्रयोगले १५ दिनको अस्पताल बसाइँ घटाएर ११ दिनमै डिस्चार्ज गर्न सकिने र १५ प्रतिशत मृत्युदरसमेत घटाउने अध्ययनले देखाएको छ। ‘इबोलमा प्रयोग भएको यो औषधिले कोरोनाका बिरामीमा पनि काम गर्छ भन्ने अध्ययन भएपछि अनुमति दिइएको हो,’ उनले भने। यस अघि यो औषधि भारत, जापान, युरोप तथा अमेरिकामा समेत सरकारले अनुमति दिइसकेका छन्।  

हाल सरकारले आयात कर्तालाई तीन वटा कम्पनीबाट उत्पादित औषधि मात्र आयात गर्ने अनुमति दिएअनुसार माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न सकिने उनले जानकारी दिए आयातकर्ताले तीन वटा कम्पनीका औषधि मात्र आयात गर्न पाउँनेछन्। नागरिक दैनिक