२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लज्जास्पद् हारपछि बार्सिलोनाको प्रशिक्षक सेटिन बर्खास्त



अ+ अ-

बार्सिलोना । सोमबार बार्सिलोनाले आफ्ना प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएको दुई दिनपछि सेटिनलाई हटाइएको हो ।

बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई जनवरीमा मात्र नियुक्त गरेको थियो । त्यस अगाडि क्लबले दुई पल्ट लिग उपाधि दिलाउने एरनेस्टो भाल्भरेडेलाई पनि बर्खास्त गरेको थियो । त्यतिबेला क्लब अंकतालिकाको शीर्ष स्थानमा पनि थियो ।

यस सिजन भने बार्सिलोना उपाधिविहीन रह्यो र क्लबले कुनै उपाधि जित्न नसकेको १२ वर्षयता पहिलो हो । क्लब लिगमा रियल म्याड्रिडपछि दोस्रो स्थानमा रह्यो भने कोपा डे रेमा क्वाटरफाइनलबाट बाहिरिएको थियो ।