२७ जेष्ठ २०८३, बुधबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण



अ+ अ-

नेपालगञ्ज । बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ ।

नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो । नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरु पक्की घरमा बस्न पाउने छन् ।

नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ । हवल्दारपुरमा करिब ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेले बताउनुभयो । उहाँले आठ वटा घरका लागि रु ४० लाख लागत रहेको र शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

सामाजिक अभियन्ता एलबी कार्कीले आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको बताउनुभयो । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ । वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरु पक्की घर पाउने भएपछि खुसी छन् । गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था व्यहोर्नु परेको मोलहे खटिकले दुखेसो सुनाउनुभयो ।

पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायत विपन्नका घर निर्माण हुनेछन् । रासस