३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का

कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का
अ+ अ-

दैलेख । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिनको कार्यक्रम कर्णाली प्रदेशको दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्रको प्रवर्द्धन, विकास, र चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्न कर्णाली क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाउँदै महोत्सव आयोजना गरिएको हो । यस अवसरमा सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिए ।

कर्णालीमा पर्यटन विकास र चलचित्रसँग सम्बन्धित गतिविधिहरू बढाउन यस महोत्सवले विशेष पहल लिएको छ । महोत्सवमा प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको उपस्थिति रहेको थियो ।

यस क्षेत्रको भौगोलिक बनावट र पर्यटकीय सम्भावनालाई हेर्दा चलचित्र छायाङ्कन स्थलका रूपमा विकसित गर्न सकिने सम्भावनाबारे छलफल गरिएको थियो । महोत्सवमा विशेष अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चर्चित अभिनेता प्रदीप खड्का, फिल्म ‘प्रकाश’ र ‘पुजार सार्की’ का लेखक तथा कर्णालीमा छायाङ्कन हुने नयाँ चलचित्र ‘२६ करोड’ का निर्देशक विकास सुवेदी, पालिका अध्यक्ष टोप बहादुर बिसी, साहित्यकार डा. महेन्द्र कुमार मल्ललगायत प्रमुख व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

चलचित्र पर्यटनका सम्भावनाहरूमा गहन छलफल गर्दै अभिनेता प्रदीप खड्काले गुराँस क्षेत्रमा चलचित्र पर्यटनको विकासका लागि फिल्म निर्माणको महत्त्वलाई जोड दिए । उनले कर्णालीलाई चलचित्रका माध्यमबाट विश्वव्यापी बनाउने अभियानमा आफू सद्भावना दूतका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रका उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर्णाली र यसको आसपासका क्षेत्रमा चलचित्र विकासका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताउँदै, यस किसिमका छलफलहरूले महत्त्वपूर्ण नतिजा निकाल्ने विश्वास व्यक्त गरे। साथै, चलचित्र विकास बोर्डको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महोत्सवमा चलचित्र पर्यटनसँगै कृषि प्रवर्द्धनसम्बन्धी संवाद कार्यक्रम पनि आयोजना गरिएको थियो । मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी प्रमुख भरत ढकाल, मुक्तिनाथ विकास बैङ्कका सञ्चालक नारायण कुमार श्रेष्ठ, स्थानीय कृषकहरू, तथा सरोकारवालाबिच स्थानीय सरकारको भूमिका, सङ्घीय सरकारको योगदान, र कृषि क्षेत्रमा सहकार्य तथा लगानीका विषयमा छलफल भयो ।

छलफलमा मुक्तिनाथ ग्रुप कम्पनीले कृषि क्षेत्रमा सहकार्य र लगानी गर्न इच्छुक रहेको जनाएको थियो । गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले चलचित्र र कृषि प्रवर्द्धनका लागि पालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले गुराँसलाई चलचित्र पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताए । पालिका अध्यक्ष बिसीले गुराँसको समग्र विकासका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

यस महोत्सव अन्तर्गत आगामी चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

महोत्सवले जलवायु परिवर्तन जस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ । महोत्सवले जलवायु संरक्षणका लागि चलचित्र क्षेत्रमार्फत जनचेतना फैलाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यस महोत्सवले कर्णालीको पर्यटन, कृषि, र चलचित्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।