एजेन्सी । बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री करीना कपूर राजस्थानको जयपुरमा जारी आइफा अवार्डमा पुगेका छन् ।
आइफा स्टेजमा उनीहरु सँगै देखिएका थिए । दुवैले एक अर्कासँग कुरा गरे । यसपछि दुवैले एकअर्कालाई अँगालो हाले । यो दृश्य देखेर फ्यानहरु छक्क परे ।
कतिपय फ्यानले दुवैलाई पर्दामा सँगै हेर्ने इच्छा व्यक्त गरेका छन् । कतिपयले ‘जब वी मेट २’ बनाउनु पर्ने बताएका छन् ।
यी सबैको बीचमा जब शाहिद कपुरलाई करिनासँगको भेटमा के भन्छन् भनेर सोधियो, उनले एकदमै सरल जवाफ दिए । उनले यसलाई निकै ‘सामान्य’ भनेका छन् । ‘यो हाम्रा लागि सामान्य कुरा हो । यो हाम्रा लागि नौलो होइन । आज हामी मञ्चमा भेट्यौं र हामी यता–उता भेटिरहन्छौं ।’
शाहिद कपुर र करीना कपुरले सँगै धेरै फिल्ममा काम गरेका छन् । ‘फिदा’, ‘चुप चुप के’ र ‘जब वी मेट’ फिल्म चर्चित छन् ।
जब वी मेट फिल्ममा दुवैको अभिनयको निकै तारिफ भएको थियो । उनीहरुको अनस्क्रिन जोडीलाई फ्यानले निकै मन पराएका छन् ।
तर, ‘जब वी मेट’ पछि दुवै अलग भए । धेरै वर्षपछि यी दुवै एकपटक फेरि फिल्म ‘उडता पञ्जाब’मा देखिएका थिए ।
करीना र शाहिद प्राय स्कुलमा भेट्छन्
करिना कपुरले सैफ अली खानसँग विवाह गरिन् । उनीहरुका दुई सन्तान छन् । शाहिद कपुरले मीरा राजपूतसँग विवाह गरेका छन् । उनका पनि दुई सन्तान छन् ।
करिना र सैफका छोराछोरी तैमुर र जेह तथा शाहिद र मीराका छोराछोरी मीशा र जैन एकै विद्यालयमा पढ्छन् । करीना र शाहिद प्रायः स्कूलको समारोहमा एकअर्कालाई भेट्छन् ।










