५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

दुई दशकपछि औद्योगिक क्षेत्रको काम अघि बढ्दै

दुई दशकपछि औद्योगिक क्षेत्रको काम अघि बढ्दै
अ+ अ-

महेन्द्रनगर ।  प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक  बजेट  विनियोजन गरेको थियो । यसपछि झण्डै दुई दशक भन्दा बढी समय पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढेको हो । 

कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको वातावरणीय  प्रभाव मुल्याङ्कन स्वीकृत भएको बताउनुभयो । “लामो समयदेखि स प्रक्रिायामै उल्झन् रहेको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मुल्याङन स्वीकृत भएको छ ।”उहाँले भन्नुभयो,“ मुल्याङकन स्वीकृत भएको खण्डमा औद्योगिक क्षेत्र निमार्णको बाँकी काम सम्पन्न गर्न अब धेरै समय लाग्दैन् ।” उहाँले यहाँको वन कार्यालयको गलत रिर्पोटिङ्गका कारणले मुल्याङकन स्वीकृत गर्न धेरै समय लागेको दाबि गर्नुभयो ।

२०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका थिए ।  मन्त्रिपरिषद्को निणर्यले पनि दैजि छेलाको चार किल्ला भित्र बनाउने निर्णय गरिसकेको नगरपालिकाले जनाएको छ ।“औद्योगिक क्षेत्रको डिपिआर बनाउने काम पनि भइसकेको छ ।” उहाँले भन्नुभयो,“अब स्थलगत रुपमा देखिने गरी काम हुन्छ ।” २०७५ साल असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजिछेला क्षेत्रमा उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि सो काम रोकिएको थियो ।

“वन कार्यालयले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, औद्योगिक क्षेत्रबाट झण्डै ७० किलो मिटर टाढा रहेको भारतमा पर्ने दुधुया नेशनल पार्कलाई औद्योगिक क्षेत्रसँग जोडिएको उल्लेख गरेको, सालको पुर्नउत्पादित क्षेत्र र जंगली जनावरको हिडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न सकिँदैन भनेर वन कार्यालयले भुटो रिर्पोटिङ गरेपछि काम रोकिएको थियो ।” नगर प्रमुख चन्दले भन्नुभयो,“ वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालय सँग सबै कुरा स्पष्ट प्रमाण सहित पेस गर्दा मन्त्रालय स्तरबाटै सकारात्मक कुरा आएपछि इआइए स्वीकृती भएको हो ।”
उहाँले औद्योगिक क्षेत्रमा पर्ने यहाँको राष्ट्रिय वनको क्षेत्र औद्योगिक क्षेत्र लिमिडेट बालाजुलाई भोगाधिकार दिन मन्त्रीपरिषद् निर्णय आवश्यक रहने बताउनुभयो ।

“सुरुमा नौ सय बिघामा गर्ने भनिएपनि धेरै वन क्षेत्र पर्ने भएकाले पछि २९३ बिघामा स्थापना गर्ने भनेर सो जग्गा कित्ताकाट गरेर सरकारको नाममा राखिएको छ ।” उहाँले भन्नुभयो–“उक्त जग्गा मन्त्रिपरिषद्को निर्णयबाट औद्योगिक क्षेत्र लिमिडेटलाई भोगाअिधकार र नाममा गर्नासाथ स्थापनाको काम सुरु हुन्छ । संघीयतापछि एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउने निर्णय सरकारको गरेपछि सरकारले सुदूरपश्चिम प्रदेशमा दैजिछेला औद्योगिक छेत्रलाई अगाडि बढाउने निर्णय समेत गरेको थियो ।

उहाँले उद्योग मन्त्रालयसँग औद्योगिक क्षेत्र स्थापनाको उद्घाटनको मिति तय गर्ने विषयमा समेत छलफल चलिरहेको बताउनुभयो । “यो झण्डै साढे रु ६ अरबको प्रोजेक्ट भएको हो ।” उहाँले भन्नुभयो,“यसको स्थापनाले सुदूरपश्चिमको विकासमा ठुलो सहयोग पुग्नेछ ।”

 औद्योगिक क्षेत्र निर्माण हुने खबरले स्थानीय  निकै उत्साहित भएका छन् ।  स्थानीय बलबहादुर विष्टले औद्योगिक क्षेत्र स्थापना पछि गाउँघरमै रोजगारी सृजना हुनेमा आफूहरु आशावादी रहेको बताउनुभयो । “कोरोनाले बाह्य रोजगारी समेत खोसेको अवस्थामा बेरोजगारी समस्या विकराल बन्दैछ ।” उहाँले भन्नुभयो–“चाँडो औद्योगिक क्षेत्र स्थापनाको कामलाई अगाडी बढाउनु आवश्यक छ ।”

उहाँले गाउँबस्तीमै औद्योगिक क्षेत्र स्थापना भए युपा पुस्तालाई रोजगारीका लागि बाहिरिनु पर्ने बाध्यता हट्नेमा आशावादी रहेको जानकारी दिनुभयो ।त्यसैगरी दैजिका अर्का स्थानीय रमेश ओखेडाले भने औद्योगिक क्षेत्र स्थापना भए स्थानीय युवाहरुले रोजगारीका लागि प्राथमिकता पाउनुपर्ने माग गर्नुभयो । “औद्योगिक क्षेत्रमा काम गर्न पाए परिवारमै स्मृद्धि आउने थियो भन्ने पछि आशा हो ।” उहाँले भन्नुभयो,“हामी कहिलेसम्म विदेशिएर परिवार पाल्नेरु”