१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना अपडेटः विश्वभरी दुई करोड २२ लाख संक्रमित, एकै दिन साढे दुई लाख थपिए



अ+ अ-

जेनेभा । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विश्वभरीको कुल सङ्क्रमित संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको छ । 

ती मध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ । 

सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । 

भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ ।