५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

बिक्री भएनन् माटोका भाँडावर्तन

बिक्री भएनन् माटोका भाँडावर्तन
अ+ अ-

इनरुवा । गत वर्षको चौठचन्द्र्र९चौरचन० पर्वमा सुनसरी इनरुवा–२ का दरपी पण्डितले माटोको भाँडाको बिक्रीबाट ६० हजारदेखि ७० हजारसम्म आम्दानी गर्नुभएको थियो । उहाँले पर्वलाई आवश्यक पर्ने छाछ, छाछी, दियो र कौरना लगायतका माटोका भाँडा बनाएर बिक्री गरी सो आम्दानी लिनुभएको थियो ।  यस बर्ष भने २० हजारदेखि ३० हजारसम्म समेत आम्दानी लिन मुश्किल रहेको उहाँले गुनासो गर्नुभयो । 

त्यसैगरी इनरुवा–२ लक्ष्मी पण्डितले पनि गत बर्षको सो पर्वमा ३० हजारदेखि ४० हजारसम्म आम्दानी लिनुभएको थियो । उहाँले भन्नुभयो,“यस वर्षको पर्वमा अपेक्षाकृत आम्दनी लिन सकिएन । ” यी दुई जना पण्डित अर्थात कुम्भकार समुदाय सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । इनरुवा सहित कोशी, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंह, दुहबी लगायतका क्षेत्रमा रहेका ती समुदायले यस वर्ष माटोको भाँडाबाट अपेक्षाकृत आम्दानी गर्न नसकेको बताएका छन् । 

कोरोनाको जोखिम हुन नदिन स्थानीयतह र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका कारणले भाँडावर्तन बनाएको भएपनि विक्री वितरण हुन नसकेको लक्ष्मीले जानकारी दिनुभयो । चाडपर्व लक्षित गरेर विभिन्न किसिमको माटोका भाँडा बनाएको भएपनि लकडाउनका कारणले स्थानीय स्तरमा लाग्ने हाटबजार नलागेकाले समस्या भएको कुम्भकार समुदायले जनाएका छन् । नेपाल प्रजापति कुम्भकार सङ्घका सुनसरीका अध्यक्ष ज्ञानदेव पण्डितले  माटोका भाँडा वर्तनको बिक्रीबाट आएको आम्दानीबाट घरपरिवार चलाउदै आएकोमा यस बर्ष हाटबजार नलागेको कारण झन् समस्या भएको बताउनुभयो । 

अर्को तर्फ ती समुदायले स्थानीय तहले कोरोना भाइरस महामारीका बेला राहत नदिएको गुनासो गरेका छन् । आफूलाई एक पटक मात्र राहत दिएकाले कसरी घर परिवार चलाउने भन्ने समस्याले पिरोली रहेको लक्ष्मीको भनाई छ । माटो र दाउराको अभाव  रहँदा भाँडावर्तनले बजार नपाउदा निकै समस्या हुने गरेको कुम्भकार समुदायले बताएका छन् ।बनाएको माटोका सामग्री बिक्री वितरण नभएको र लगानी अनुसारको आम्दनी नभएकाले युवा पुस्ताको यस पेशा प्रति आकर्षण घटेको कुम्भकार समुदायका अगुवा ज्ञानदेवको भनाई छ ।
    
विभिन्न राजनीतिकदलले कुम्भकार समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको जनाउँदै आफ्नो समुदायको समस्या प्रति स्थानीय, प्रदेश र संघीय सरकार उदासिन भएको  सङघ उपाध्यक्ष पण्डितले बताउनुभयो । तराई मधेश क्षेत्रमा  आगामी शनिबार चौठचन्द्र पर्व मनाइँदै छ ।